कारोबार संवाददाता
आइतवार, श्रावण १९, २०७६
1158

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि छट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सेयरहरूको यही साउन २४ गतेसम्म मात्र निष्कासन खुला गरिनेछ । आगामी आवदेखि नै कम्पनी नाफामा गई सेयरधनीहरूलाई लाभांश दिन सक्ने भएको हुँदा सर्वसाधारण लगानीकर्ताहरूका लागि लगानीको राम्रो अवसर रहेको यस कम्पनीमाप्रति सेयर १ सय रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने यस सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने जनाएको छ ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका–९, १० र माइनगरपालिका–९ मा छ । कम्पनीसँग माई खोला साना जलविद्युत् आयोजना (४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत् आयोजना (८ मेगावाट) दुवै आयोजनाहरू क्रमशः २०६७र११र०१ गते तथा मिति २०७४र१२र२६ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको बेहोरा अनुरोध छ ।

 


सातामा धेरै पढिएको