कारोबार संवाददाता
मंगलबार, श्रावण १४, २०७६
395

आइतबार दोहोरो अंकले ओरालो लागेर बन्द भएको सेयर बजार कारोबार मापक नेप्से परिसूचक सोमबार भने ३ अंक बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर १ हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ ।
कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । सोमबार कुल १ सय ६६ कम्पनीको १२ लाख ८ हजार ३ सय ४२ कित्ता सेयर ३५ करोड ८ लाख १२ हजार ५ सय ७२ रुपैयाँमा खरिद बिक्री भए । आइतबार कुल १ सय ६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता सेयर ४९ करोड २६ लाख ७३ हजार ६ सय ५२ रुपैयाँमा कारोबार भएको थियो ।

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये सोमबार तीन उपसमूहको सेयर ओरालो लागेको छ । उत्पादन ४.१६, जीवन बिमा १५.७९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । यस्तै होटल उपसमूहको कारोबारका बारेमा भने कुनै विवरण उल्लेख छैन । बैंकिङ २.५९, विकास बैंक ३.७८, जलविद्युत् १.४८, वित्त ५.१९, निर्जीवन बिमा १.३४, अन्य २.२ र लघुवित्त २३.४ विन्दुले बढेको छ ।
स्टकका अनुसार कारोबारका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी २ करोड ३८ लाख ६६ हजार ४६ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंक २ करोड २३ लाख ७९ हजार ३ सय ८७ रुपैयाँ, साना किसान विकास बैंक २ करोड ९ लाख ३ हजार ६ सय ३१ रुपैयाँ, शिवम् सिमेन्ट १ करोड ८४ लाख १७ हजार ७८ रुपैयाँ, कृषि विकास बैंक १ करोड ५२ लाख ५२ हजार ७ सय १२ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ करोड ३५ लाख ४१ हजार ६ सय ४ रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सोमबार १० प्रतिशतले कमाए । सिर्जना फाइनान्स वित्तीय संस्था ९.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८.७३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ७.०६, गुराँस लघुवित्त वित्तीय संस्था ६.४८ र आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.२२ प्रतिशतले कमाएका छन् ।
यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.८४, युनिभर्सल पावर कम्पनी ३.२९, सिनर्जी पावर ३.२९, युनाइटेड इन्स्योरेन्स कम्पनी २.६३, र एनआईबीएल समृद्धि फन्ड एकका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।