कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
499

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले अनलाइन सेयर कारोबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरू, एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस इ पेमेन्ट, पूर्णरूपमा इन्टिग्रेट गरेको जनाएको छ । लगानीकर्ताहरूले अब ब्रोकरहरूलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरूले पनि बिक्री प्रक्रिया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्ने भन्दै कम्पनीले लगानीकर्तालाई टीएमएस लगइन्न (सम्बन्धित ब्रोकरले प्रदान गरेको) तथा कनेक्ट आईपीएसमा एउटा बैंक खातासँग लिङ्क भएको आईडी आवश्यक पर्दछ ।
लगानीकर्ताले टीएमएस खातामा धितोका लागि उपलब्ध कनेक्ट आईपीएस भुक्तानीमार्फत फण्ड लोड गर्न साथै सेयर खरिदपश्चात् उनीहरूले ब्रोकरलाई टीएमएसमा उपलब्ध त्यही च्यानलमार्फत प्रत्यक्ष भुक्तानी दिन सक्ने जनाएको छ । भुक्तानीका लागि कनेक्ट आईपीएस चयन गरेपछि लगानीकर्ताहरू कनेक्ट आईपीएस लगइन पेजमा रिडाइरेक्ट हुनेछन् र आफ्नो आईडी प्रयोग गरिधितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छाअनुसारको लिङ्क गरिएको बैंक खाताबाट फन्ड लोड गर्न सक्नेछन् ।
त्यस्तै लगानीकर्ताले टीएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले सेयर बिक्रीपश्चात् गर्नुपर्ने भुक्तानी लिङ्क गरिएको लगानीकर्ताको बैंक खातामा कनेक्ट आईपीएस अथवा एनएचसीएल प्रणालीमार्फत सिधैं भुक्तानी गर्न सक्ने जनाएको छ ।