कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६
388

हिमालयन हाइड्रो पावर लिमिटेडले आईपीओ निष्कासन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हिमालयन हाइड्रोले १ सय रुपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको भन्दै यसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैयाँबराबरको सेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरूको लागि छुट्याइएको जनाएको छ ।
आईपीओ निष्कासन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ । आईपीओ निष्कासनसम्बन्धी सम्झौता लिखतमा मंगलबार हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट सञ्चालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक ब्विश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, कम्पनीले आउँदो दसैैंसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।