कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
788

लगातार उकालो लागेको सेयर बजारमा मंगलबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर १ हजार १८०.८६ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१९ विन्दुले घटेर २५२.८१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने मंगलबार बढेको छ । कुल १७१ कम्पनीको २७ लाख ३९ हजार ६८९ कित्ता सेयर रु. ७१ करोड ७१ लाख ४७ हजार २७४ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका दशवटै उपसमूहको सेयर घटेको छ । बैंकिङ ९.६, होटल ०.९१, विकास बैंक ५.४८, जलविद्युत् ७.९, वित्त ०.५८, निर्जीवन बिमा ९३.६१, उत्पादन ३६.३२, अन्य २.७५, लघुवित्त १४.५८ र जीवन बिमा ८३.०२ विन्दुले घटेको छ ।

कारोबारका आधारमा मंगलबार कुमारी बैंकको संस्थापक सेयर शीर्ष स्थानमा छ । सो बैंकको ५ करोड ७७ लाख ७९ हजार १ सय ६५ रुपैयाँ, नेको इन्स्योरेन्स ५ करोड ७५ लाख ४९ हजार ५ सय ६ रुपैयाँ, एनआईसी एसिया ४ करोड ९९ लाख १९ हजार ३ सय ६१ रुपैयाँ, गरिमा विकास बैंक लिमिटेडको संस्थापक सेयर ३ करोड ८४ लाख ६७ हजार १ सय ५५ रुपैयाँ, नेपाल बैंक लिमिटेड ३ करोड ७२ लाख ३५ हजार ४२ रुपैयाँ, एनएमबी बैंक ३ करोड ३८ लाख २६ हजार ७ सय ६५ र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक २ करोड ५६ लाख १३ हजार २ सय १५ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले ९.५२ प्रतिशतले कमाएका छन् । उन्नति माइक्रोफाइनान्स ५.८८, सिन्धु विकास बैंक ५.४७, आँखु खोला जलविद्युत् कम्पनी ३.८५, रिलायन्स फाइनान्सका शेयरधनीले २.५६ प्रतिशत कमाए । यस्तै जोशी हाइड्रो पावर ८.१२, घलेम्दी ८.१०, एनएमबी माइक्रोफाइनान्स ७.०४, पञ्चकन्या माइ हाइड्रोपार ६.०३, र शिवम् सिमेन्टका सेयरधनीले ५.७७ प्रतिशतले गुमाए ।