कारोबार संवाददाता
सोमवार, चैत्र २५, २०७५
554

साताको पहिलो दिन आइतबार सेयरको मूल्यमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।
कुल १६८ कम्पनीको १८ लाख ८७ हजार ३७३ कित्ता सेयर ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपैयाँमा खरिद भएका छन् । कारोबार भएका १० उपसमूहमध्ये आइतबार चार उपसमूहको सेयर घटेको छ भने पाँच उपसमूहको सेयर बढेको छ । यस्तै उत्पादन उपसमूहको सेयर भने कुनै कारोबार भएन ।

जलविद्युत् २ दशमलव ७५, निर्जीवन बिमा १९ दशमलव २१, उत्पादन ५ दशमलव ८२ र लघुवित्त शून्य दशमलव ९५ विन्दुले घटेको छ । यस्तै बैंकिङ २८ दशमलव १९, होटल १३, विकास बैंक १४ दशमलव ९९, वित्त एक दशमलव ७८ र जीवन बीमा शून्य दशमलव १२ विन्दुले बढेको छ ।
स्टकका अनुसार कारोबार रकमका आधारमा आइतबार एनआईसी एसिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको ६ करोड ७१ लाख ८४ हजार २ सय ५८ रुपैयाँ, एनएमबी बैंकको ३ करोड ३१ लाख ७४ हजार ९ सय ३० रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको २ करोड ५५ लाख ८ सय ९३ रुपैयाँ, प्रभु बैंकको २ करोड २२ लाख ७ हजार ९ सय ७३ रुपैयाँ, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको २ करोड २० लाख ६४ हजार ५ सय ७५ रुपैयाँ, प्राइम बैंकको २ करोड ३ लाख १० हजार ८ सय १० रुपैयाँ, नेपाल बैंकको १ करोड ८७ लाख ३५ हजार ६ सय २७ रुपैयाँबराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार एनआईसी एसिया बैंकका सेयरधनीले ६ दशमलव ३६, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ६, कुमारी बंैंक ४ दशमलव ९८, कन्काइ विकास बैंक ४ दशमलव ९२ र भागर्व विकास बैंक ४ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।
यस्तै, युनिभर्सल पावर कम्पनीका सेयरधनीले ९ दशमलव २५, सिन्धु विकास बैंक सात दशमलव शून्य चार, सामुदायिक लघुवित्त वित्तीय संस्था पाँच दशमलव शून्य सात, चौतारी लघुवित्त वित्तीय संस्था चार दशमलव ९५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था तीन दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

 


सातामा धेरै पढिएको