कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५
785

 हिमालय ऊर्जा विकास कम्पनीको साधारण सेयर (आईपीओ) मा दोस्रो दिनमै १.२५ गुणा बढी सेयर आवेदन परेको छ । बुधबारदेखि सेयर निष्कासन गरेको कम्पनीमा दुई दिनमै मागभन्दा बढी सेयर परेको र सेयरमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिए ।  हिमालय ऊर्जा विकास कम्पनीको साधारण सेयर (आईपीओ) मा दोस्रो दिनमै १.२५ गुणा बढी सेयर आवेदन परेको छ । बुधबारदेखि सेयर निष्कासन गरेको कम्पनीमा दुई दिनमै मागभन्दा बढी सेयर परेको र सेयरमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिए । उनका अनुसार, रामेछाप र दोलखाको सीमा भएर बहने खिम्ती खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती–२ आयोजना निर्माण गरिरहेकोले ती आयोजनाका लागि कम्पनीले सेयर निष्कासन गरेको हो । दुवै आयोजना चालू वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कम्पनीले हिजो बुधबारदेखि सर्वसाधारणतर्फ १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । साधारण सेयर छिटोमा चैत २५ गते निष्कासन बन्द हुनेछ भने ढिलोमा वैशाख १९ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम ५० कित्ताका लागि ५ हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५ सय कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाउनेछन् । मेरो शेयर प्रयोग गरेर सेयर भर्ने सुविधा लगानीकर्तालाई दिइएको छ । 


सातामा धेरै पढिएको