रासस
शुक्रवार, चैत्र ८, २०७५
604

यो सातको अन्तिम दिन बिहीबार पनि नेप्से  ओरालो लाग्यो । बिहीबार पनि करिब ७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । यो सातको अन्तिम दिन बिहीबार पनि नेप्से  ओरालो लाग्यो । बिहीबार पनि करिब ७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७ विन्दुमा पुगेको छ । स्टकका अनुसार बिहीबार कुल १७१ कम्पनीको ९ लाख ४७ हजार ७२६ कित्ता सेयर २७ करोड २४ लाख ९४ हजार ५ सय ६५ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबार भएका ११ उपसमूहमध्ये बिहीबार चार उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको सेयर घटेको छ । होटल १.०३, विकास बैंक २.७६, उत्पादन १.१६ र अन्य उपसमूह ०.७७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१९, व्यापार २.७९, जलविद्युत् ५.१८, वित्त १.३७, निर्जीवन बिमा ६९.१८, लघुवित्त १०.४६ र जीवन बिमा ६१.७६ विन्दुले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४ लाख ४२ हजार ९ सय ७० रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा छ । यस्तै ग्लोबल आईएमई बैंकको संस्थापक सेयर १ करोड ८२ लाख ९० हजार ८ सय ८० रुपैयाँमा, सिटिजन बैंकको ९६ लाख ८७ हजार ६ सय ३ रुपैयाँमा, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडको ९३ लाख ६५ हजार ४ सय ३१ रुपैयाँमा, एनआईसी एसिया बैंकको ८८ लाख ७ हजार ८७ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा छन् । स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा भार्गव विकास बैंक ३.६५, सांग्रिला डेभलपमेन्ट बैंक ३.५५, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् । यसैगरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.७४, उन्नति लघुवित्त वित्तीय संस्था ५.४३, किसान लघुवित्त वित्तीय संस्था ५.२०, नागबेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.६८ प्रतिशतले गुमाएका छन् ।