कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५
533

चैत मसान्तसम्म सम्पन्न भई बत्ती बल्ने

भोजपुर-भोजपुर जिल्लामा हालसम्मकै ठूलो पिखुवा खोलामा निर्माण भइरहेको ५ मेगावटको इस्ट्रन हाइड्रोपावर जलविद्युत् आयोजनाका लागि संस्थापक सेयर खुला गरिएको छ । आयोजनाको प्रभावित क्षेत्र र भोजपुर जिल्लाका लागि संस्थापक सेयर खुला गरेको हो । उक्त आयोजनाको संस्थापक सेयर प्रतिव्याक्ति न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म किन्न पाउने भएका छन् ।
आयोजनाको प्रभावित क्षेत्र भोजपुर नगरपालिका–५, ६, ७ र ९ वासीहरूले प्रतिकित्ता १ सयका दरले किन्न पाउनेछन् भने, प्रभावित क्षेत्र बाहेककाहरूले प्रतिकित्ता १ सय ५० का दरले किन्न पाउने इस्ट्रन हाइड्रोपावर जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत दिपेन राईले बताए ।

करिब १ अर्ब २० करोड लागतमा निर्माण भइरहेको उक्त हाइड्रो चैत मसान्तसम्म सम्पन्न भई बाल्न पाउने भएका छन् । ०६२ सालमा तात्कालीन समयका लागि नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोडको लगानीमा २ दशमलब ५ मेघावाट क्षमताको विद्युत् उत्पादन हुने गरी सम्झौता सर्भे गरिएको उक्त आयोजना ०७२ साल अन्त्यतिर आयोजनाको विद्युत् क्षमता बढाएर ५ मेघावाट पु¥याएपछि निर्माणको कार्य तीव्र बनाएको हाइडोले २०७६ असार मसान्त भित्र सकिनु पर्ने आयोजनाको काम तीन महिना अगाडिनै सम्पन्न हुन लागेको छ । भोजपुरको पानीट्याङ्कीमा रहेको सव स्टेसनसम्म तार जोड्ने कामसमेत सम्पन्न भएको छ । आयोजनाको ९९ प्रतिशत कम सम्पन्न भइसकेको छ भने केही काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको सेयर भोजपुरका रहेको प्रभु बैंकबाट किन्न सकिने आयोजनाले जनाएको छ ।
अर्जुन बस्नेत