रासस
सोमवार, चैत्र ४, २०७५
636

नेप्से परिसूचक आइतबार ६ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर १ हजार १६१.४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता सेयर ३७ करोड १२ लाख ३६ हजार २ सय ५२ रुपैयाँमा कारोबार भएको छ ।
कारोबार भएका कुल १० उपसमूहमध्ये आज तीन उपसमूहको सेयर कारोबार घटेको छ भने सात उपसमूहको सेयर भने बढेको छ । होटल २०.३६, विकास बैंक ४.६५ र अन्य उपसमूह ०.७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७.६१, जलविद्युत् ९.१, वित्त ६.९२, निर्जीवन बिमा २.४४, उत्पादन ३५.४१, लघुवित्त १, जीवन बिमा ४५.८५ विन्दुले बढेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४ करोड ४६ लाख १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ९३ लाख ३१ हजार ५ सय १७ रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ५४ लाख ४९ हजार ६ सय ९२ रुपैयाँ, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको १ करोड ४५ लाख ६ हजार ९ सय ४३ रुपैयाँबराबरको कारोबार भएको छ ।
स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.८४, युनाइटेट फाइनान्स ९.५५, श्रीराम सुगर मिल ८.५९, राधी विद्युत् कम्पनी ७.८३, जानकी फाइनान्स ६.८३, सिन्धु विकास बैंकका शेयरधनीले ६.४५ प्रतिशतले कमाएका छन् । यस्तै तिनाऊ डेभलपमेन्ट बैंकका सेयरधनीले ६.७४, घलेम्दी हाइड्रोपावर ४.९०, ङादी समूह ४.६१, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले ४.३६ प्रतिशतले गुमाएका छन् ।