रासस
आइतवार, चैत्र ३, २०७५
393

धितोपत्र बजारमा यस साता कुल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता सेयर १ अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८ सय ८५ रुपैयाँमा खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोबार अवधिभर सेयर कारोबार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो । कारोबार छोटो समयमात्रै हुँदा १४० कम्पनीका ३ लाख २२ हजार २४२ कित्ता सेयर ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भए ।
साताको दोस्रो दिन सोमबार कारोबार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर १ हजार १४२.९३ बिन्दुमा पुगेको थियो । सो दिन कुल १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता सेयर रु. ४० करोड २८ लाख ४० हजार २१३ मा खरिद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन मंगलबार कुल १७६ कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता सेयर ५२ करोड ७७ लाख ३५ हजार ५ सय ५८ रुपैयाँमा खरीद बिक्री भए । साताको चौथो दिन बुधबार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० बिन्दुमा झ¥यो । सो दिन कुल १७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता सेयर कारोबार भए । स्टकका अनुसार सो दिन ४२ करोड ८३ लाख ४१ हजार १ सय ५२ रुपैयाँमा खरिद बिक्री भए ।
यस्तै साताको पाँचाँं दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर १ हजार १५५.५० बिन्दुमा पुगेको थियो । कुल १७१ कम्पनीका १३ लाख ३९ हजार ९७२ कित्ता सेयर ४८ करोड ५८ लाख ७७ हजार ९ सय ३१ रुपैयाँमा खरिद बिक्री भए ।
यस साता स्टकमा विभिन्न चार कम्पनीका सेयर सूचीकृत भए । सिद्धार्थ बैंकको सिद्धार्थ डिवेञ्चर २०८२ को २१ लाख ६२ हजार ५ सय ५९ कित्ता साधारण सेयर सूचीकृत भयो । यस्तै सानिमा बैंक डिवेञ्चर २०८५ को १३ लाख ५४ हजार ७१२ कित्ता साधारण सेयर, आशा लघुवित्त वित्तीय संस्थाका २० लाख ७४ हजार कित्ता साधारण शेयर र जेबिल्स फाइनान्सका १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद सेयर सूचीकृत भएको स्टकले जानकारी दिएको छ ।