कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५
496

आइतबार प्राविधिक समस्या आएपछि कारोबारमा समस्या भएको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।
कुल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता सेयर ४० करोड २८ लाख ४० हजार २ सय १३ रुपैयाँमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये अन्य उपसमूहको सेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ विन्दुले घटेको हो । यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बिमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बिमा ६.३६ विन्दुले बढेको छ । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख ८६ हजार ६६ रुपैयाँ, एनआईसी एसिया बैंक २ करोड २१ लाख २१ हजार ४ सय ९२ रुपैयाँ, प्रभु बैंक लिमिटेड २ करोड १७ लाख ५७ हजार ८ सय २७ रुपैयाँ, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक १ करोड ८२ लाख ६७ हजार २ सय ३६ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी १ करोड ७१ लाख ५९ हजार ९ सय ५५ रुपैयाँमा खरिद बिक्री भई अग्रस्थानमा रहे । स्टकका अनुसार ङादी ग्रुपका सेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेसनल हाइड्रोपावर कम्पनी ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ५.९३, अपि पावर कम्पनीका सेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रोपावर कम्पनीका सेयरधनीले ३.१२ प्रतिशतले गुमाएका छन् ।