रासस
सोमवार, मंसिर १७, २०७५
1324

जोशी हाइड्रोपावर कम्पनीले आइतबारदेखि प्राथमिक सेयर निष्काशन (आइपीओ) सुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले १५ लाख ५५ हजार २३३ कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले आइतबारदेखि छिटोमा आगामी बुधबारसम्म र ढिलोमा आगामी पुस १९ गतेसम्म सेयरमा आवेदन दिन पाइने जानकारी दिएको छ । कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले यसअघि आयोजना प्रभावित इलामका लागि ३ लाख ७१ हजार ४ सय कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको सेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले गरेको रेटिङमा वित्तीय अवस्था खराब रहेको कम्पनीको रूपमा उल्लेख गरेको छ ।