भुवन पौडेल
बुधवार, मंसिर ५, २०७५
1405

सेयर लगानीकर्ताले अनलाइनमार्फत सेयर खरिद तथा बिक्री आदेश दिन अझै केही समय लाग्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तामझामका साथ अनलाइन कारोबार सुरु गरे पनि लगानीकर्ताले यसको उपयोगमा भने अझै केही समय पर्खनुपर्ने भएको हो ।
नेप्सेले अनलाइन प्रणाली सुरु गरेर धितोपत्र दलाल सदस्यहरूलाई अनलाइमार्फत कारोबार गराउन सुरु गरेको ३ साता बितिसक्दा पनि समस्याहरू कायम नै छन् । नयाँ प्रविधि सुरु भएपनि लगानीकर्ता भने पुरानो कारोबार प्रणाली हँुदाभन्दा धेरै समस्यामा परेका छन् । नेप्सेले अनलाइनमार्फत सेयर कारोबार गर्ने भने पनि लगानीकर्ता आफैंले सेयरको खरिद बिक्री आदेश प्लेसिङ गर्न भने पाएका छैनन् । यसका लागि नेप्सेले अहिलेको अनलाइन कारोबार प्रणालीमा देखिएका समस्या समाधान गरेपछि मात्र लगानीकर्ताले अनलाइन कारोबार गर्नसक्ने पक्षको काम गर्ने जनाएको छ ।

नयाँ अनलाइन प्रणालीमा समस्याहरू पनि आइरहेको उल्लेख गर्दै नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले भने, “नेप्सेले समाधान पनि गर्दै आएको छ ।” अहिलेको कारोबार प्रणालीमा कारोबार लिमिट नदेखिए पनि म्यानुअल्ली भए पनि काम भने भइरहेको उनले बताए । अहिले नै लगानीकर्ताले सेयर खरिद बिक्री आदेश दिएर आफै कारोबार गर्नसक्ने अवस्था नभएको उनले बताए । नयाँ प्रणाली लगानीकर्तालाई पनि खुला गरेपछि कस्ता समस्या आउने सक्छन् तथा धितोपत्र ब्रोकरलाई कस्तो अफ्ठ्यारो पर्न सक्छ भन्ने विषयमा केही कुनै नभएको रानाभाटले बताए । अलिहेको प्रणालीमा देखिएको समस्या आगामी बिहीबारको कारोबारपछि समाधान गर्ने नेप्सेले जानकारी दिएको उनी बताउँछन् ।
नेप्सेको कारोबार रकम, कारोबार भएका कम्पनी तथा सेयर मूल्य घटेको र बढेको सम्बन्धमा समेत विश्वस्त हुन नसकिने अवस्था अनलाइन कारोबार प्रणालीमा देखिएको छ । लगानीकर्ताले दिँदै नदिएको अर्डर प्लेसिङ हुने र कारोबार हुनेजस्ता समस्या अmभै पनि रहेको लगानीकर्ता तथा धितोपत्र ब्रोकरहरू बताउँछन । नयाँ प्रविधि सहज, सरल र छरितोका साथै विश्वसनीय पनि हुनुपर्नेमा त्यस्तो नभएको लगानीकर्ताहरूको गुनासो छ ।
कारोबार प्रणाली सुरु भएको करिब तीन साता बितिसके पनि मंगलबार नबिल बैंकको कार्मेट डेप्थ हेर्दा केही पनि डिस्प्ले हुन सकेन । त्यसकासाथै ब्रोकरहरूले नयाँ क्लाइन्टको कारोबार अकाउन्ट खोल्नदेखि कारोबार गर्दासम्म समस्या कायम नै रहेको एक धितोपत्र दलालले बताए । अहिले सुरु भएको अनलाइन प्रणालीको समस्या पूर्ण रूपमा समाधान गरेर लगानीकर्ताको पार्टको काम गर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । विगतका केही दिन अनलाइन कारोबार प्रणालीमा समस्या आएको भएपनि अहिले धेरै समाधान भएको साउदको दावी छ । लगानीकर्ताले अनलाइनमार्फत कारोबार गर्न सन्दर्भमा क्लियरिङ बैंकहरूसँग पनि छलफल भएको भन्दै साउदले भने, “अलिहेका समस्या समाधान गरेरमात्र लगानीकर्ताको पार्टमा जाने भएकाले केही समय लाग्छ ।” बजारसँग सम्बन्धित पक्षले अहिलेको प्रणालीको विषयमा नबुझेकाले पनि समस्या वढी देखिएको उनले बताए ।
नेप्सेले नयाँ कारोबार प्रणाली सुरु गर्दा पर्याप्त अभ्यास तथा हुनसक्ने कमजोरीलाई ध्यान नदिएकाले समस्या वढेको हो । नेप्सेमा अनलाइन कारोबारमात्र नभइ अन्य सर्भरसम्बन्धी समस्याहरू पनि विगतमा दोहोरिरहने गरेका हुन् । यसलाई पनि नेप्सेले ध्यान दिनुपर्ने लगानीकर्ताको माग छ ।