कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५
1607

काठमाडौं- मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा साविकका सेयरधनीहरूलाई सेयर जारी गर्ने भएको छ । सो हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड र वित्तीय संस्थाबीच आइतबार सम्झौता भयो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र ग्लोबल आईएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे । कात्तिक ९ गर्ने सम्पन्न कम्पनीको छैटौं साधारण सभाबाट हाल कायम रहेको चुक्ता पुँजी २८ करोड ६० लाख को १५ प्रतिशतले हुने ४ करोड २९ लाख रुपैयाको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।
सो पश्चात् हुने चुक्ता पुँजी रु. ३२ करोड ८९ लाखको शतप्रतिशत हकप्रद सेयर निश्काशन गदा चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष प्रथम त्रैमासमा संस्थाले ४४.१० प्रतिशत नाफा वृद्धि गर्न सफल भएको छ । मेरो माइक्रो फाइनान्स नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ४८ जिल्लामा ८६ शाखा कार्यालयमार्फत वित्तीय साक्षरतासहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।