कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५
1542

गण्डकी प्रदेशको पर्वत जिल्लामा अवस्थित तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मे.वा.)को प्रवद्र्धक मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौंद्वारा निष्कासन गर्नुपर्नेे करिब ४२ लाख कित्ता साधारण सेयर (१६लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा तथा २५ लाख २० हजार कित्ता सर्वसाधारण) को लागि प्रतिसाधारण सेयर १ सयका दरले ४२ करोड रुपैयाँको निष्कासन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यका लागि कम्पनीको तर्फवाट सञ्चालक कुमुदकुमार दुगड तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच, मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौंमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता गरियो ।