भुवन पौडेल
शुक्रवार, कार्तिक २२, २०७६

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अनलाइन कारोबार प्रणाली सुरु गरेको एक वर्ष अवधिमा कुल १ खर्ब ६ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । तर, यो अवधिमा अनलाइनमार्फत भने १६ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेको नयाँ कारोबारप्रणालीमार्फत अनलाइनमा मात्र आधार भएर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या पनि विस्तारै बढ्दै गएको नेप्सेले जनाएको छ । यस अवधिमा नेप्सेको कुल कारोबारको १५.६ प्रतिशत अनलाइनमार्फत सेयर कारोबार भएको छ ।

497
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

ग्रीन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ ।

703
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

सरकारले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा गठन गरिएको समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।

359
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ०.९७ अंकले बढेर ११४०.२६ अंकमा पुगेको छ । नेप्सेको कारोबार मापक सूचक बढेसँगै सेन्सेटिभ इन्डेक्ससमेत ०.०४ अंकले सूचक बढेर २५०.५१ अंकमा पुगेको छ । कारोबारको सुरुवात देखिनै बजार सुधार उन्मुख देखिएको भए पनि त्यो वृद्धि भने टिकाउ हुन सकेन । कारोबार अबधिभर नै सूचक घटेको थियो । तर, अन्तिम समयमा बजार सूचक सकारात्मक भएर कारोबार बन्द भएको हो ।

325
कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६

सुदूरपश्चिमबाट सेयर मार्केटमा लगानी गर्न चाहने व्यक्तिहरूलाई सेयर बजार तालिम दिइएको छ । सफल नेपाल लगानी कम्पनी बुटवल र लगानी स्कुल काठमाडौंको आयोजना शनिबार धनगढीमा सेयर बजार तालिम दिइएको हो । तालिममा सहभागीलाई सफल नेपाल लगानी कम्पनीका प्रशिक्षक सन्तोष बजगाईं ले सेयर बजारको प्राविधिक ज्ञान, कम्पनी छनोट, सेयर बजारमा प्रवेश गर्ने तरिका र सेयर बजारबाट लाभ लिने तरिकाको विषयमा प्रशिक्षण दिएका थिए ।

875
रासस
आइतवार, कार्तिक ३, २०७६

दसैंको लामो बिदापछि खुलेको सेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय ग¥यो । धितोपत्र बजारमा यस साता कुल १ सय ६० कम्पनीको सेयर कारोबार भए । कुल ३२ लाख ८७ हजार ९ सय ६६ कित्ता सेयर ८० करोड ७५ लाख ५६ हजार ६ सय १२ रुपैयाँ खरिद बिक्री भए ।

577
कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ ।

579
रासस
शुक्रवार, आश्विन १०, २०७६

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा बिहीबार पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ । नेप्से आरोलो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १ सय ६८ कम्पनीको ७ लाख ९९ हजार १ सय २८ कित्ता सेयर २१ करोड २५ लाख ४१ हजार ३ सय ५२ रुपैयाँमा खरिद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको सेयर वृद्धि भएको छ भने आठ उपसमूहको सेयर ओरालो लागेको छ । होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बिमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ ।

912
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

नेपाल सरकारको आर्थिक वर्ष २०७६।०७७ को बजेटमा सामूहिकलगानी कोष, शेयर अभौतिकरण र सिडिएससी लगायतको कार्य व्यवस्थितगर्नका लागिट्रस्टी ऐन तर्जुमागर्ने भन्ने उल्लेख भएको साथै सोहीबमोजिमबोर्डको आ.व २०७६।०७७ को नीति तथा कार्यक्रममा धितोपत्रबजारको स्थायित्वतथा दीर्घकालीनविकासकालागिआवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी नेपाल सरकारसमक्ष प्रस्तुतगर्ने र सरकारमार्फत्विधायनप्रक्रियामा लैजाने भन्ने व्यवस्था रहेको सन्र्दभमा ट्रस्टी ऐनको मस्यौदा सम्बन्धीकार्य अगाडि बढाउन बोर्डका नियमनतथाव्यवस्थापनविभाग हेर्नेकार्यकारी निर्देशकको संयोजकत्वमापाँच सदस्यीयसमिति गठन गरिएको छ ।

793
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक सोमबार भने झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अंकले बढेर एक हजार १४०.९८ मा पुगेको छ ।

848
कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६

मंगलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने दोहोरो अंकले ओरालो लागेको छ ।

724
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारलाई प्रविधिमैत्री बनाइ लागत घटाएर नाफा बढाउनुपर्ने बताएका छन् । मंगलबार एसिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरूको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी गु्रप (एसीजी) को २३ औं वार्षिक साधारणसभामा मन्त्री खतिवडाले सेयर बजारको लागत घटाउन सकेन नाफा स्वतःबढ्ने बताएका हुन् । पुँजी बजारमा प्रविधिको प्रयोगको कुरा गर्दा केन्द्रीय निक्षेप सेवाको महत्वपूर्ण भूमिका रहने बताउँदै कुनै पनि साधारण सेयर निष्कासन गर्दा कति छिटो बाँडफाड हुन्छ भन्ने कुरालाइ लगानीकर्ता हेर्ने उनले बताए ।

1151
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सङ्घीयता स्थापना नहुँदासम्म पुँजी बजारको विस्तार हुन नसक्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देही र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा शनिबार बुटवलमा भएको ‘आर्थिक तथा शेयर बजारसम्बन्धी अभिमुखीकरण’मा उनले पुँजी बजारको विषयमा जनसहभागिता नभएको उल्लेख गर्दै एउटा किसान र मजदूरलाई शेयर बजारसँग सरोकार नरहेको बताए ।

996
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

नेपाल धितोपत्र बोर्डले ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खोलिदिएको छ । बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रीय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएपछि ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खुलेको हो । मार्जिन कारोवार सुविधा सञ्चालनमा आइ धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भइ धितोपत्र बजार थप चलायमान हुने बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

1407
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आइतबार पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ ।

1054