कारोबार संवाददाता
आइतवार, पुष ९, २०७४

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । अबको सरकारको पहिलो प्राथमिकता नै मुलुकको विकास र राजनीतिक स्थिरता रहने पनि उनले बताए ।

997
कारोबार संवाददाता
शुक्रवार, पुष ७, २०७४

नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा सापकोटाले प्रधानमन्त्री देउवाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने बताए ।

1330
तीर्थराज बस्नेत
शुक्रवार, पुष ७, २०७४

पार्टी एकीकरणको घोषणा गर्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा निर्वाचन परिणाम घोषणा भइनसक्दै आन्तरिक अविश्वास सुरु भएको छ । माओवादीभन्दा धेरै सांसदसहित एमाले संसद्मा उपस्थित हुने भएपछि सम्मानजनक हैसियत नपाए पार्टी एकता र सत्ता सहयात्रामा समस्या हुन सक्ने आन्तरिक विश्लेषण माओवादी केन्द्रले गरेको छ ।

1631
कारोबार संवाददाता
बिहिवार, पुष ६, २०७४

नेपाल प्रहरीले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवालविरुद्ध सरकारी कागजात किर्ते अभियोगमा अनुसन्धान थालेको छ ।

695
कारोबार संवाददाता
बुधवार, पुष ५, २०७४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकार वैधानिक रूपमा सहज ढंगबाट सत्ता हस्तान्तरणका लागि तयार भएको बताएका छन् । सञ्चार मन्त्रालयमा मंगलबार विकसित घटनाक्रमका बारेमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजि भइरहेको बताए ।

806
तीर्थराज बस्नेत
मंगलबार, पुष ४, २०७४

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकताको टुंगो लागेपछि मात्रै सरकार गठन हुनुपर्नेमा जोड दिएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकले पहिले पार्टी एकताको विषयमा टुंगो लगाउनुपर्ने र त्यसपछि मात्रै सरकार गठन प्रक्रिया थाल्नुपर्ने निष्कर्ष निकालेको हो ।

1578
कारोबार संवाददाता
सोमवार, पुष ३, २०७४

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकास हुने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी एवं कार्यसमितिको टोलीसँग ओली निवास बालकोटमा आइतबार कुरा गर्दै ओलीले स्वदेशमै रोजगारी सिर्जना गर्न युवा वर्गलाई आकर्षित गर्न साना उद्योगहरूमा जोड दिनुपर्ने बताएका हुन् ।

1161
रासस
सोमवार, पुष ३, २०७४

बाम गठबन्धनले कामचलाउ सरकारले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी एकता केन्द्रीय संयोजन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्पष्ट रूपमा जनादेश प्राप्त भइसकेकाले अनावश्यक रूपमा राजनीतिक नियुक्ति, सरुवा, बढुवा नगर्न सरकारलाई सचेत गराएको हो । विशेषगरी सरकारले प्रदेश प्रमुखको नियुक्तिको तयारी गरेपछि गठबन्धनका तर्फबाट यस्तो धारणा सार्वजनिक भएको हो ।

1272
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले सरकार बनाउने लगभग निश्चित छ । संघीय समाजवादी फोरम र राजपा गठबन्धनले पाएको मत मात्र सांसद बन्नका लागि नभएको ती दलका नेताहरूले बताएका छन् । प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा ती पार्टीका नेताहरूका अनुसार बलिया दाबेदारमा संघीय समाजवादी फोरमका तर्फबाट लालबाबु राउत र राजपाका तर्फबाट मनिष सुमन रहेका छन् । सप्तरीबाट प्रदेशसभाका लागि चुनाव जितेका राजपाका नेता सुमनले भने, “जनताको जनादेश मात्र सांसद बन्नका लागि होइन, पार्टी एकीकरण गर्न, समृद्ध मधेस बनाउन र मधेसको राजनीतिक समस्या समाधान गर्न जनताले फोरम–राजपा गठबन्धनलाई भोट दिएका छन् । हामी त्यसैअनुरूप काम गर्नेछौं ।”

969
तीर्थराज बस्नेत
शुक्रवार, मंसिर २९, २०७४

मुलुक अहिले नयाँ चरणमा प्रवेश गरेको छ । तीन तहको निर्वाचनपछि मुलुकमा राजनीतिक संक्रमणकालको अन्त्य भएको छ । योसँगै राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक स्थिरताको युगमा प्रवेश गर्ने चरणमा छ । निर्वाचनपछि बन्ने सरकार स्थिर हुने र मुलुक विकास र समृद्धिको पथमा अघि बढ्ने अपेक्षा आम नेपाली जनताले गरेका छन् ।

983
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ सरकार गठनमा देखिएका संवैधानिक अड्चनको गाँठो फुकाउन सक्रिय भएका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर नयाँ सरकार गठनका विषयमा छलफल गरेका हुन् ।

1365
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताले राजीनामा गराइसकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका छन् । ओलीले भने,“ अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनुपर्छ, त्यसको विकल्प छैन । उहाँले बाधा–अड्चन पैदा गरेर, खोंचे थापेर सरकारको आयु लम्ब्याउन खोज्नु भनेको सत्ता लिप्सा हो, यसबाट देउवा मुक्त हुनुपर्छ ।”

1180
कारोबार संवाददाता
शुक्रवार, मंसिर २९, २०७४

संविधान कार्यान्वयन गर्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सम्पन्न भई अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार वाम गठबन्धनको सरकार बन्ने बलियो आधार खडा भएको छ ।

820
कारोबार संवाददाता
शुक्रवार, मंसिर २९, २०७४

खानेपानी तथा सरसफाइमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्विकार्न आफूहरु तयार रहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्न सक्ने तर्क गरे ।

849
तीर्थराज बस्नेत
बिहिवार, मंसिर २८, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बुधबारसम्ममा सार्वजनिक भइसकेको छ । समानुपातिकको मतगणना जारी छ । मतपरिणाम अनुसार नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले बहुमत प्राप्त गरेको छ । प्रतिनिधिसभातर्फ नेकपा एमालेले ८०, माओवादी केन्द्रले ३६ सिट प्राप्त गरेको छ । समानुपातिकतर्फ एमाले अग्रस्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । अब बन्ने सरकार यही गठबन्धनले बनाउने निश्चित छ ।

927