कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रसेवक कर्मचारीहरुको संगठन आधिकारिक ट्रेड युनियन खारेजीको धारणा स्वीकार्य नहुने प्रष्ट पारेको छ । कांग्रेस संसदीय दलले बुधबार प्रेस वक्तव्य जारी गरेर खारेजीको तयारीमा रहेको भनिएको यूनियन स्वीकार्य नहुने प्रष्ट पारेको हो ।

252
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले सरकारका साथै सत्तारुढ दल नेकपाको पनि आलोचना गरे ।

385
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

मधेशी आयोगले संविधानसँग बाझिएर रहेका ठोस विषयहरु केलाएर अड्किएको संविधान संशोधनको विषयमा पहल गर्ने भएको छ । आफूले पूर्वप्रधानमन्त्री र विभिन्न दलका नेतासँग भेटघाट गरिसकेको र अझ थप छलफल गर्न बाँकी रहेको मधेशी आयोगका अध्यक्ष विजय दत्तले बताए । ०७५ साल चैत ७ गते पद बहाली गरेयता गरेको कार्यहरूको विवरणबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा सोमबार अध्यक्ष दत्तले संविधान संशोधनको पहल गर्ने बताएका हुन् ।

342
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबै पक्षसँग आग्रह गरेका छन् । पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, “समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध होऔं, एकले अर्कोलाई खुट्टा नतानौं ।”

288
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केही समयदेखि अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा सोमबारदेखि सुचारु भएको छ । विगत २६ दिनदेखिको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल सहमत भएपछि बैठक सुचारु भएको हो ।

318
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले बजेट विनियोजनभन्दा कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताएकी छन् । सरकारले विकास र सुशासन वृृद्धिका गर्नका लागि बजेट विनियोजनमात्र सफलमात्र नहुने बताउँदै कार्यान्वयन पक्षमा जनप्रतिानिधि र कर्मचारीको जवाफदेहिता हुनुपर्ने बताएकी छन् ।

313
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

काठमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई अनुमोदन गरेको छ । विधेयकको प्रतिवेदनमाथि सांसदले राख्नुभएका संशोधन र सुझावलाई समेटेर गृह मन्त्रालयबाट पछिल्लो पटक परिमार्जन गरेर ल्याइएको प्रतिवेदनलाई आजको बैठकले पारित गरेको सभापति शशी श्रेष्ठले जानकारी दिइन् । यसअघि विधेयक मन्त्रालयले ल्याएको उक्त विधेयकको प्रतिवेदनमा संशोधनकर्ता र समितिका सदस्यले राख्नुभएका जिज्ञासाका बारेमा विस्तृतरुपमा दफावार छलफल भएकोे थियो ।

278
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले ठन्डा दिमागले सोच्ने र वार्ता तथा सहमतिको माध्यमबाट समाधान खोज्ने हो भने भोलि बस्ने सदन सुचारु हुने उनको विश्वास छ । उनले भने, “हामी अहिलेपनि अन्तरकुन्तरमा छलफल तथा वार्ता गरिरहेका छौं । भोलि सदन सुचारु हुन्छ भन्ने कुरामा हामी आशावादी छौं ।”

263
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च नबेहोर्ने दाबी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइतबार पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् । बाँस्कोटाले भने, “प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्नुहुन्छ ।”

273
कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने बताएका छन् । बुधबार अनामनगरमा आयोजित सामूहिक खिर खाने कार्यक्रममा महामन्त्री कोइरालाले आफू कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेको बताएका हुन् ।

244
कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई मातहतका नजरमा गिर्ने काम नगर्ने दिर्नेशन दिएका छन् । आर्थिक वर्ष २०७६–०७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौतामा बुधबार हस्ताक्षर गर्दै उनले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सूत्र नै बनाऊँ, मातहतको नजरमा नगिरौं ।

248
कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ । प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक पूर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

242
कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाका सांसदहरुले अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक आजसम्मलाई स्थगित गरेका छन् । सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुखले बुधबारको बैठक सुरु भएको जनाउ दिनेबित्तिकै कांग्रेस र राजपाका सांसदरुले बैठक अवरुद्ध गरेका थिए ।

173
कारोबार संवाददाता
शुक्रवार, श्रावण १७, २०७६

प्रतिनिधिसभाको बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपा नेपालले अवरोध गर्दै आएको संसद्को अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले बिहीबार आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

344
कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपरिवार यूएई प्रस्थान गरेका छन् । उनी मंगलबार दुबई प्रस्थान गरेका हुन् । उनी यही १८ गते स्वदेश फर्कने कार्यतालिका छ ।

355

सातामा धेरै पढिएको