कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

सत्तारुढ दल नेकपा एमालेका नेता तथा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका नेपालतर्फका सदस्य डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कसैले विरोध गर्नुको तुक नभएको बताएका छन् ।

994
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

सांसदहरूले सामाजिक सुरक्षाभन्दा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा सहभागी सांसदहरूले मुलुकको वर्तमान अवस्थाले सामाजिक सुरक्षा कार्यक्रम धान्न नसक्ने भन्दै आर्थिक समृद्धिका लागि पूर्वाधारको विकास नै पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

1011
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायमा रहेका सबैखाले सिण्डिकेट अन्त्य गर्ने स्पष्ट पारेका छन् । बुधबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताएका हुन् ।

915
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाई भएको बताएकी छन् । रफत सञ्चार क्लबमा बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको उनले बताइन् ।

836
तीर्थराज बस्नेत
बिहिवार, बैशाख २७, २०७५

एकता प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा एमालेबीच पछिल्लो समय सम्बन्ध चिसिएको टिप्पणी भइरहेको छ । माओवादी मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटबारे छलफल नगरेको गुनासो गर्दै आएका छन् । यस्तै अध्यक्ष पुष्पकमल दाहालले आफ्ना बारेमा संचार माध्यममा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

1057
जगन्नाथ दुलाल
बिहिवार, बैशाख २७, २०७५

नेपाली कांग्रेसले वीपी संग्रहालय सुन्दरीजललाई महत्वका साथ लिने गर्छ । जहाँ कांग्रेसका संस्थापक वीपी कोइरालाले लामो समय जेल जीवन मात्र बिताएनन् अधिकांश पुस्तक समेत उनले सुन्दरीजल जेलमै लेखे । सोही जेल अहिले सुन्दरीजल संग्राहलयका रूपमा छ ।

1261
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

एमाले र माओवादी केन्द्रबीच एकता प्रयास भइरहेका बेला माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

1779
जगन्नाथ दुलाल
बुधवार, बैशाख २६, २०७५

नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका क्रममा हुने तय भएको ‘नागरिक अभिनन्दन’को विषयलाई लिएर सरकारले प्रष्ट पार्नुपर्ने बताएको छ ।

1812
रासस
मंगलबार, बैशाख २५, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको १७ औं वार्षिकोत्सव समारोहमा उनले नागरिक, देश र स्वाभिमानलगायत समग्र सुरक्षासम्बन्धी अवधारणामा आज नेपाल उन्नतस्तरमा पुगेको स्पष्ट पारे ।

1139
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

जिल्लामा कर्मचारी अभाव हुँदा एउटा सचिवले ३ वटा वडा हेर्नुपर्ने बाध्यता भएको छ । राजपुर गाउँपालिकाका वडा नंं १, २ र ३ को काम एउटै सचिव मेघसिंह पछाईले हेर्दै आएका छन् । साविक बेला गाविसअन्तर्गत रहेका तीन वडाको सम्पूर्ण काम आपूmले विगत असार महिनादेखि हेर्दै आएको सचिव पछाईले बताए ।

1368
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफ्नो बाँच्न पाउने हक गुमेको भन्दै स्वदेश फिर्ता हुने वातावरण मिलाई दिन नेपाल सरकारसँग माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता रिजालले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा लेखेको पत्रसमेत वाचन गरेका छन् ।

1866
रासस
सोमवार, बैशाख २४, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिएका हुन् ।

1070
रासस
सोमवार, बैशाख २४, २०७५

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरूप आइतबार अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सभाको बैठक छुट्टाछुट्टै बसेको थियो । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट बोलाइएको संघीय संसद्को बजेट अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।

983
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले सिन्डिकेट, भ्रष्टाचार र कालाबजारीको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

4702
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

प्रदेश सरकारहरूले अघि सारेका नीति तथा कार्यक्रमअनुसार स्थानीय तहले कानुन बनाउन थालेका छन् । प्रदेश सभाका सांसदहरू र स्थानीय तहका प्रमुखहरूले संघीय सरकारबाट गर्नुपर्ने कामको बाँडफाँट स्पष्ट नभएको गुनासो गर्दै उनीहरूको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा केन्द्रित रही प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुरूप कानुन बनाउन थालेका हुन् ।

3501