कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन् । आफूलाई विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

1167
जगन्नाथ दुलाल
बिहिवार, चैत्र १, २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादले सर्वोच्च अदालतमा विवाद चर्किएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश पराजुलीमाथि प्रश्न उठाएपछि विवाद थप चर्किएको हो । वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्ण इजलाश बहिष्कार गरेका थिए भने अरु ८ जना न्यायाधीशले पनि इजलाशमा नबसेपछि विवाद उत्कर्षमा पुगेको छ ।

1069
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता जोलीले भने, “एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ । आगामी दिनमा अझै धेरै सहयोग रहन्छ ।”

1564
जगन्नाथ दुलाल
बुधवार, फाल्गुन ३०, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनमा अर्की उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै उनी राष्ट्रपति दोस्रोपटक निर्वाचित भएकी हुन् । राष्ट्रपति निर्वाचनमा उनले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले भने ११ हजार ७सय ३० मतभर प्राप्त गरिन् ।

886
तीर्थराज बस्नेत
मंगलबार, फाल्गुन २९, २०७४

नयाँ राष्ट्रपतिका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार नयाँ राष्ट्रपति चयनका लागि आज १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । संविधान कार्यान्वयनपछि पहिलो पटक हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार छिन् । भण्डारीविरूद्ध नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई उठाएको छ ।

943
नीरज पिठाकोटे
सोमवार, फाल्गुन २८, २०७४

पर्साको अधिकांश स्थानीय तहमा अहिले देखिएको विवादका कारण स्थानीय तहको दैनिक कार्यसम्पादन प्रभावित भएको छ । जनप्रतिनिधिहरूबीच नै सामन्जस्यता नहुँदा पर्साका स्थानीय तहमा विवाद उत्पन्न भएपछि कार्य सम्पादन समेत प्रभावित भएको हो । सिंहदरबारको अधिकार घर घरमा पाउने आशामा जनताले भोट दिएर जिताएका प्रतिनिधिहरू अहिले आपसमा झगडा गर्न थालेपछि स्थानीय तहका कामकाजहरू पनि ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

1090
रासस
सोमवार, फाल्गुन २८, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । ओलीको विपक्षमा भने ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए ।

983
रासस
आइतवार, फाल्गुन २७, २०७४

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

1443
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक-दुई दिनभित्रै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने विश्वास दिलाएका छन् । उनले भने, “संविधान संशोधनको लागि विभिन्न धारा-उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुई दिनभित्रै सरकारमा सहभागी हुन्छौं ।” बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री राउतले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी हुने जानकारी दिए ।

1102
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेतृ कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । फागुन २९ हुने निर्वाचनका लागि राष्ट्रपति भण्डारी र राईले निर्वाचन कार्यतालिका अनुसार बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

1328
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

राष्ट्रपतिको उम्मेदलवार तय गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइको छ ।

1477
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ ।

991
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

सरकारले आगामी चैत १ गतेबाट देशभर रहेका २० वर्ष पुरानो सवारी हटाउने नीतिको व्यवसायीले विरोध गरेका छन् । सरकारको कदम गलत भएको भन्दै व्यवसायीहरूले सवारी हटाउनै परे पेसामा संलग्नलाई विकल्प दिएर उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् ।

688
जगन्नाथ दुलाल
मंगलबार, फाल्गुन २२, २०७४

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । सोमबार सिंहदरबारस्थित कांग्रेस दलको कार्यालयमा सम्पन्न निर्वाचनमा देउवा ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत ल्याएका थिए । प्रतिनिधिसभातर्फ ६३ जना सांसद रहेकामा शतप्रतिशत मतदान भएको थियो ।

993
रासस
सोमवार, फाल्गुन २१, २०७४

सप्तरंगी इन्द्रेणीजस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रूपमा आइतबार संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना भयो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुगेका थिए । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रूपमा शपथ ग्रहण समारोहलाई लिन सकिन्थ्यो । अन्य दिनमा साधारण पोशाकमा देखिँदै आएका अधिकांश सांसदहरु आ–फ्ना जातीय वेशभूषामा देखिँदै कतिपयलाई त झट्ट चिन्न पनि गाह्रो पर्दथ्यो ।

1267