तीर्थराज बस्नेत
मंगलबार, फाल्गुन १, २०७४

नेकपा एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा एकपटक भण्डारीलाई नै दोहोर्याउनुपर्ने पक्षमा देखिएका छन् । “पार्टीभित्र अन्य आकांक्षी पनि छन् । तर एकपटक उहाँ (भण्डारी) नै दोहोरिनुहुन्छ,” ओली निकट एक नेताले भने, “उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । त्यसैले उहाँ नै फेरि राष्ट्रपति बन्नुहुन्छ ।”

2294
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ ४१ जना सांसदको नाम तय गरेको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको भागमा परेको ४१ जना सांसदको नाम तय गरि निर्वाचन आयोगमा बुझाएको सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । जसमा ४ जना पुरुष छन् भने अरु ३७ सांसद महिला छन् ।

554
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेपालको संविधानमा प्रदेशमा कम्तिमा ७-७ र संघमा १५ वटा मन्त्रालयको प्रावधान रहेअनुसार सरकारले सोही अुनसारको व्यवस्था गरेको छ । प्रदेशमा मन्त्रालयहरू खुलिरहेका छन् भने नयाँ सरकार बनेपछि संघीय सरकारका मन्त्रालयहरू पनि खुल्ने छन् । संविधानको अनुसूचिमा व्यवस्था भएबमोजिमका काम प्रदेश मन्त्रालयहरूलाई क्षेत्रगत रुपमा तोकिएको छ ।

4030
मीनकुमार नवोदित
आइतवार, माघ २८, २०७४

प्रदेश नम्बर १ मा रहने ७ मन्त्रालयका लागि विभिन्न सरकारी कार्यालयको भवनलाई रंगरोगन र मर्मत अन्तिम चरणमा पुगेको छ । १ नम्बर प्रदेशमा कुन कार्यालय भवनमा कुन मन्त्रालय राख्ने टुंगो लागेपछि मर्मत र रंगरोगन थालिएको थियो । १ नम्बर प्रदेशमा प्रदेशमा मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय रहनेछन् ।

2869
जगन्नाथ दुलाल
शुक्रवार, माघ २६, २०७४

राष्ट्रिय सभा निर्वाचनको परिणाम आएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । ५६ पदका लागि बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणाम आइसकेको छ । अझै ३ सदस्य भने मन्त्रिपरिषद्ले मनोनीत गर्न बाँकी नै छ । ५६ पदमा बहुमत सिटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनबाट निर्वाचित भएका छन् ।

1141
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

प्रदेश नं. २ मा फागुन ७ गतेभित्र मन्त्रीको पदवहाली हुने भएको छ । राष्ट्रियसभामा ८ वटै राष्ट्रियसभाका उम्मेदवारहरू सर्वसम्मतिले चयन भएको हुँदा फागुन ७ गतेभित्र मन्त्रालयका मन्त्रीको पदावहाली हुने भएको हो । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम तोकिएसँगै प्रदेश कार्यालयको स्थापना भएको छ र बुधकार मुख्य सचिवमा राजेश्वरमान सिंहले पदभार ग्रहण गरेका छन् ।

1390
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा ९९ दशमलव ५२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मलन गरी कुल १ हजार ६ सय ७७ मतदातामा ८ जनामात्र अनुपस्थित रहेको जानकारी दिएको छ । निर्वाचनमा १ हजार ६ सय ६८ जनाले मतदान गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । प्रदेश ३ र ४ मा भने शतप्रतिशत मतदान भएको छ ।

981
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । ७ वटा प्रदेशमा ७ स्थानमा मतदान हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको आयोगले जानकारी दिएको छ ।

796
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

नेपाली कांग्रेसले प्रदेश नम्बर २ संसदीय दलको नेतामा रामसरोज यादवलाई चयन गरेको छ । धनुषा क्षेत्र नं ३ प्रदेश क बाट निर्वाचित यादव सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

880
दीननाथ बराल
मंगलबार, माघ २३, २०७४

प्रदेश नम्बर ४ को पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रदेश ४ लाई आर्थिक विकास र समृद्धिको बाटोमा लगि नमुना प्रदेश बनाउनुपर्नेमा जोड दिएका छन् । प्रचुर सम्भावना रहेको र हिमाल, पहाड र तराई तीनै भूभागले छोएको पर्यटन, जलश्रोत, कृषि, उद्योगमा यहाँ धेरै सम्भावना रहेको बताउँदै सांसदहरुले यसको आर्थिक विकास र समृद्धिमा कुनै राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर विकासमा एकमत गरी अघि बढ्नेमा जोड दिएका हुन् ।

871
मीनकुमार नवोदित
मंगलबार, माघ २३, २०७४

प्रदेश नम्बर १ को पहिलो बैठक सोमबार अस्थायी राजधानीका रुपमा तोकिएको विराटनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक विभिन्न ३ वटा प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकले सभामुखको निर्वाचन मिति तोक्नेसहितका कार्यसूची पारित गरेको हो ।

977
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटौडामा सम्पन्न भइसकेको छ ।

888
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए ।

864
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

ऐतिहासिक प्रदेशसभा बैठकहरू औपचारिकतामा मात्रै सीमित भएको देखिन्छ । हालसम्म प्रदेशको गतिविधि सञ्चालन गर्नेलगायतका बिन्दूमा मात्रै प्रदेश सभा केन्द्रित छ भने सांसदहरू चाहिँ पहिलो बैठकमा सहिदका तस्बिर नराखिएकोमा विरोध जनाउने, राजधानी आफूले भनेका स्थानमा नभएकोमा विरोध गरिरहेका छन् ।

1049
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा सञ्चालनमा आएको छ । प्रदेश सभाको पहिलो बैठक बसेको भोलिपल्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा आएको हो । जिल्ला समन्वय समितिको भवनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा परिणत गरिएको थियो ।

1067