कारोबार संवाददाता
सोमवार, आश्विन ३०, २०७४

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिकको सूची बुझाउने अन्तिम दिन आइतबार निर्वाचन आयोगमा उनीहरूले सो सूची पेश गरेका हुन् ।

426
कारोबार संवाददाता
सोमवार, आश्विन ३०, २०७४

गच्छदार ०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन हुनु केही दिनअघि मात्र कांग्रेस छोडेर तत्कालिन मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र त्यसलगत्तै पार्टी एकता गर्ने घोषणा भएपछि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको गृहकार्य सुरु भएको थियो ।

500
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय बोर्ड गठन गरेका हुन् ।

358
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

प्रतिनिधी तथा प्रदेश सभा निर्बाचनका लागि रुकमका चार राजनीतिक दलले आफ्ना उम्मेदवारहरु केन्द्रमा सिफारिस गरेका छन । जसमा चार जना पत्रकारहरु समेत रहेका छन । नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाट १ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरि ४ जना पत्रकारहरु उम्मेदवार सिफारिसमा परेका हुन ।

440
भगवान खनाल
बुधवार, आश्विन २५, २०७४

काठमाडौं: संघीय शासन व्यवस्थाअनुसार गठन भएका स्थानीय सरकारलाई आधारभूत रूपमा चाहिने ऐन, कानूनहरू क्रमशः बनिसकेको सन्दर्भमा उनीहरूको प्राथमिकता संविधान कार्यान्वयनमा हुनुपर्ने देखिन्छ । संविधान र त्यसको अनुसूची बमोजिम प्राप्त हक, अधिकार तथा अनुसूचीको विस्तृतीकरणअनुसार सुनिश्चित भएका अधिकार कार्यान्वयनको लागि स्थानीय सरकार क्रियाशील हुनुपर्ने देखिएको हो । स्थानीय सरकारको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार संविधानले सुनिश्चित गरेकाले समयमै समुचित प्रयोगमा ध्यान जानुपर्ने जरुरी छ ।

474
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् । मंगलबार व्यवस्थापिका संसद बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको काठमाडौंमा दिनदहाडै हत्या हुँदा पनि दोषी पक्राउ नपरेको भन्दै कांग्रेस सांसदहरुले गृहमन्त्रकिो राजीनामा मागेका हुन् ।

509
कारोबार संवाददाता
मंगलबार, भदौ २७, २०७४

उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनर्निमाण गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह गरेका छन् ।

543
कारोबार संवाददाता
आइतवार, कार्तिक १२, २०७४

नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो न्याय दिनेगरी काम गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश पराजुलीले न्याय दिने प्रणालीलाई छिटो र कम खर्चिलो बनाउने बताएका हुन् ।

570
रासस
सोमवार, आश्विन २३, २०७४

दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । सोअनुसार नेकपा एमाले १५१, नेपाली काँग्रेस १२२, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख/अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख/अध्यक्षमा विजयी…

579