कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६

गठन भएको डेढ वर्षमा कर्णाली प्रदेशसभाले २२ वटा विधेयक पारित गरेको छ । कर्णालीका जनताको हितमा आधारित कानुन निर्माणका लागि वस्तुस्थितिको अध्यायन अनुसन्धानलाई प्राथमिकता दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवले बताए । उनका अनुसार प्रदेशमा शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्यांकन र प्रतिवेदन तथा संघसंस्थाको समन्वय र सहकार्य मन्त्रालयले अघि बढाएको छ ।

539
कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले निजी मेडिकल कलेजको स्वामित्व राज्यले लिएर सञ्चालन गनुपर्ने बताएको छ । अनेरास्ववियुका संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेज सञ्चालकले कलेज चलाउन नसक्ने भए राज्यले नै सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

582
कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा बिहीबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

584
कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ वटा नयाँ दल दर्ता भएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले दल दर्ताका लागि आयोगमा निवेदन दिएका २१ दललाई चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ ।

519
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकीकरण सरकारमा बस्ने र छोड्ने शर्तमा एकीकरण नहुने समाजवादी पार्टीका नेताहरूको बुझाइ रहेको छ । दुबै दलबीचको एकीकरणका लागि एक अर्काका नेताहरूबीच छलफल भइरहेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य तथा वार्ता समितिका संयोजक राजेन्द्र महतोले सरकार छाडेमात्र एकता हुने भनी आएको टिप्पणीप्रति उनीहरूको यस्तो धारणा सार्वजनिक भएको हो ।

650
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारको विकल्प नखोजेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेसले सरकारको विकल्प नखोजेको तर सरकारलाई सहि मार्गमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

565
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सोमबार र मंगलबार चलेको विचारको आदान–प्रदानले नेपाली समाजलाई भिन्न र सकारात्मक प्रभाव पारेको नेकपाले बताएको छ ।

367
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच मंगलबार काठमाडौंमा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेकपाका विदेश मामिला विभाग प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रमा दुवै देशका कार्यकारी प्रमुखले उच्चस्तरीय भ्रमण गर्ने उल्लेख छ ।

442
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

गत भदौ २५ गते सुरु भएको नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबार सम्पन्न भएको छ । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान मुलुकभर विभिन्न कार्यक्रम गरी समापन भएको हो ।

345
कारोबार संवाददाता
आइतवार, आश्विन ५, २०७६

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले युवाहरुले राजनीतिमा चासो नदिएसम्म देश नबन्ने बताएका छन् । ‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले युवाहरुले राजनीतिमा चासो नदिएकोतर्फ लक्षित गर्दै राजनीतिमा चासो दिन आग्रह गरेका हुन् । “युवाहरूलाई राजनीतिमा चासो नभए देश बन्दैन ।

254
कारोबार संवाददाता
आइतवार, आश्विन ५, २०७६

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको विमोचन समारोहमा बोल्दै खनालले ७÷८ वर्षमा अमेरीकालाई पनि उछिन्ने धारणा राखे ।

222
कारोबार संवाददाता
आइतवार, आश्विन ५, २०७६

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरूलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यस्तै, समितिले संविधान दिवसको अवसरमा हिजो (शुक्रबार) मा पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घटनाप्रति पनि भत्र्सना गरेको छ ।

227
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डल संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हालेका छन् । संयोजक ठाकुरले सोमबारदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिएको राजपाले विज्ञप्तिमार्फत् जनाएको छ ।

336
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अिधनायकवाद लादेर मुलुकमा समाजवाद नआउने टिप्पणी गरेका छन् । दुईतिहाइको दम्भ बोकेको वर्तमान सरकारको छायामा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप पनि उनले लगाए ।

342
धर्मेन्द्र कर्ण
मंगलबार, आश्विन ७, २०७६

सत्ताधारी दल नेकपा र सरकारले देशलाई डुबाउनै लागेको देखिएको भन्दै राजनीति र कूटनीतिक क्षेत्रका सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । दुई ठूला शक्ति राष्ट्रहरु अमेरिका र चीनको भिडन्तमा नेपाल मिचिने चिन्ता उनीहरूले व्यक्त गरेका हुन् । राजनीतिक दलका नेताहरूले आमसभामा बोल्ने बोलीजस्तै कूटनीतिक र गम्भीर राजनीतिक सन्धि सम्झौताका बारेमा बोल्न नहुने उनीहरूको भनाइ छ ।

817