धर्मेन्द्र कर्ण
बुधवार, पुष ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजपा नेताहरूले मिलेर भेटवार्ता गरेका भए पनि आपसी विवाद समाधान गर्न बाटो पहिल्याउन सकेका छैनन् । मंगलबार बिहान राजपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । नेताहरु बालुवाटारमा भएको बैठकका लागि सँगै गएका थिए ।

861
जगन्नाथ दुलाल
बुधवार, पुष ११, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकले हिन्दू धर्म विरोधीहरूलाई नराम्ररी झस्काएको छ । आफ्नै नेतृत्वमा धर्मनिरपेक्षतासहितको संविधान जारी गराएको कांग्रेसको नीतिगत छलफल हुने महत्वपूर्ण निकाय महासमिति बैठकमा ८ सयभन्दा बढी महासमिति सदस्यहरूले हिन्दू राष्ट्रका पक्षमा सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् ।

1041
कारोबार संवाददाता
मंगलबार, पुष १०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए । यद्यपि, उनले कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा नबोकेको जिकिर गरे ।

663
कारोबार संवाददाता
मंगलबार, पुष १०, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गरेको जिकिर गरे ।

874
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

नेपाल पत्रकार महासङ्घले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ ।

771
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

राष्ट्रिय कर्मचारी महासंघले चौथो राष्ट्रिय सम्मेलन र कर्मचारी समायोजन अध्यादेश–२०७५ का बारेमा आफ्ना माग सार्वजनिक गरेको छ । महासंघले शनिबार सम्पन्न भेलाको निर्णय आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

1294
कृष्ण न्यौपाने
सोमवार, पुष ९, २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै नेता पौडेलले राज्यले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाएर बालबालिकालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका हुन् ।

804
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियताको नाराको चरम दुरुपयोग गर्दै निर्वाचित भएको वर्तमान सरकार अहिले लम्पसारवादमा परिणत भएको निष्कर्ष निकालेको छ । मंसिर २९ गते देखि सुरु भएर आइतबार सम्पन्न कांग्रेस महासमिति बैठकले सरकारका क्रियाकलाप लम्पसारवादी भएको ठहर गरेको हो ।

752
जगन्नाथ दुलाल
सोमवार, पुष ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएको छ । आइतबार सम्पन्न महासमिति बैठकबाट पारित समसामयिक प्रस्तावमा कांग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको हो ।

795
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदयेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सरकारप्रति विभिन्न टिप्पणी हुन थालेको बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा सांसद त्रिपाठीले अर्थमन्त्रीका गतिविधिले सरकारले सोचेअनुरूप काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

923
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले शनिबार अपरान्ह प्रस्ताव प्रस्तुत गरेका हुन् ।

770
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे ।

749
जगन्नाथ दुलाल
शुक्रवार, पुष ६, २०७५

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधानको विषय थप पेचिलो बनेको छ । पार्टी प्यालेसबाट सरेर बिहीबारदेखि पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा पनि विधान मस्यौदा पेश हुन सकेन ।

913
धर्मेन्द्र कर्ण
बिहिवार, पुष ५, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)मा दुई महिने चक्रीय प्रणाली अन्तर्गत संयोजकमा राजेन्द्र महतो बनेको एक महिना बिते पनि अध्यक्ष मण्डलको बैठक बस्न सकेको छैन । अध्यक्ष मण्डलका एक सदस्य अनिल झाका अनुसार उक्त बैठकको निर्णय विवादमा आएपछि राजपा अध्यक्ष मण्डलको बैठक बस्न नसकेको हो ।

887
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

नेपाली कांग्रेसको महासमिति बैठकमा बिहीबार (आज) विधान मस्यौदा पेश हुने भएको छ । लामो रस्साकस्सीपछि मंगलबार शीर्ष नेताहरुबीच विधान मस्यौदामा सहमति जुटेको थियो । तर, बुधबार बसेको केन्द्रीय समितिले पारित गर्ने भनिएपनि दिउँसोको बैठकमा विधान पारित हुन सकेन ।

816