कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सञ्चालनमा निरंकुश, स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, “यो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । तर, यी सबै सिद्धान्तमाथि प्रधानमन्त्रीबाट आक्रमण भैरहेको छ ।

859
कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले यही २५ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउने प्रश्नको जवाफ दिने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने, “प्रधानमन्त्रीले अब बस्ने सदनको बैठकमा जवाफ दिनुपर्छ ।

905
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सबै क्षेत्रलाई समेट्ने खालको नीति तथा योजना बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आइतबार तनहुँको दमौलीमा आयोजना गरेको आवधिक योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन कार्यशालाको उद्घाटन गर्दै मन्त्री गुरुङले सबै वर्ग, समुदाय, लिङ्ग र क्षेत्रलाई समेट्ने गरी नीति तथा योजना बनाउनुपर्नेमा जोड दिएका हुन् ।

891
जगन्नाथ दुलाल
सोमवार, पुष २३, २०७५

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टीलगायतका केही सांसदले प्रश्न गर्न पाउनुपर्ने माग गरेका थिए । तर, सभामुख कृष्णबहादुर महराले समय नदिएपछि कांग्रेस सांसदले नाराबाजी गरे । कांग्रेस सांसद मिनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्र बडुलगायतले सभामुखको कार्यशैलीमाथि आक्रोश व्यक्त गरे । कांग्रेसको असन्तुष्टिपछि सभामुख महराले सीमित सदस्यलाई प्रश्न गर्न दिने भन्दै १ मिनेटका लागि सांसद रिजाललाई प्रश्न गर्न समय दिए । तर, सांसद रिजालले सांसदहरूले प्रश्न गर्न चाहँदा दिनुपर्ने, सीमित भन्न नमिल्ने भन्दै बोल्न इन्कार गरे ।

896
कारोबार संवाददाता
शुक्रवार, पुष २०, २०७५

निर्वाचन जितेको १३ महिनापछि रेशमलाल चौधरीले सांसदको शपथ लिएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीलाई सभामुख कृष्णबहादुर महराले बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

843
कारोबार संवाददाता
बिहिवार, पुष १९, २०७५

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य मनोनीत गरेका छन् ।

840
कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसदमा कांग्रेसको भूमिका एकदमै कमजोर भएको टिप्पणी गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेसको कमजोर प्रस्तुतिकै कारण सरकारले प्रभावकारी काम गर्न नसकेको बताए ।

994
जगन्नाथ दुलाल
बुधवार, पुष १८, २०७५

भावी प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले नाम अनुमोदन गरेसँगै राणा सर्वोच्च अदालतको २९औं प्रधानन्यायाधीश बन्ने पक्का भएको छ ।

2232
कारोबार संवाददाता
मंगलबार, पुष १७, २०७५

नेपाली कांग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशैभरि मनाएको छ । ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुको आतिथ्यतामा जिल्लास्तरीय कार्यक्रम गरी कांग्रेसले मेलमिलाप दिवस मनाएको हो ।

835
कारोबार संवाददाता
सोमवार, पुष १६, २०७५

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गइरहेको टिप्पणी गरेका छन् । स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. केसीले यस्तो बताएका हुन् ।

1164
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ भने ३ देशबाट राजदूत फिर्ता बोलाएको छ । यही पुस ६ र ९ गते मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

853
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा मेलमिलाप दिवस मनाउने भएको छ । कांग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सबै जिल्लामा विभिन्न कार्यक्रम गरी मनाउन लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनले जारी गरेको विज्ञप्तिमा कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाद्वारा पुस १६ गते देशैभर कार्यक्रम गर्ने घोषणासमेत भएको र सोही अनुसार कार्यक्रम गर्न लागिएको उल्लेख छ । कांग्रेसका संस्थापक नेता बीपी कोइराला र उनीसँगै गणेशमान सिंह तथा अन्य शीर्ष नेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी २०३३ पुस १६ गते नेपाल फर्किएका थिए ।

1151
धर्मेन्द्र कर्ण
बिहिवार, पुष १२, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्यहरूले पार्टीलाई सहमतीय प्रणालीबाट बहुमतीय प्रणालीमा अगाडि बढाउने संकेत गरेका छन् । ६ पार्टीको एकीकरण हुने बेलामा अध्यक्षमण्डल गठन गरी सहमतीय प्रणालीलाई अंगीकार गरेको राजपा अब बहुमतीय प्रणालीमा जान लागेको हो । गत मंसिर ४ गते सम्पन्न अध्यक्ष मण्डलको बैठकबाट तत्कालीन संयोजक महन्थ ठाकुरलाई हटाएर चक्रीय प्रणालीमा पार्टीलाई अगाडि बढाउने निर्णय बहुमतबाट गरिएको थियो । त्यो निर्णयमा अध्यक्ष मण्डलका सदस्य अनिल झाले नोट अफ डिसेन्ट जाहेर गरेयता पार्टीमा विवाद देखिएको छ ।

1478
रासस
बिहिवार, पुष १२, २०७५

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन बुधबारदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आह्वानका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

952
कारोबार संवाददाता
बुधवार, पुष ११, २०७५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक समृद्धि सहरमा मात्र सीमित नभएको बताएका छन् । सार्क नमुना घलेगाउँलाई स्मार्ट भिलेज शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

862