कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

विकास कार्यलाई समयमा पूरा गराउन योजना तथा कार्यान्वयन गर्न सक्ने अधिकारसहितको निकाय गठनबारे प्रदेश नम्बर २ मा छलफल जारी छ । संघीय समाजवादी फोरमको नेतृत्वमा रहेको सरकारका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र त्यस क्षेत्रका अर्थविज्ञहरूबीच सघन छलफल भइरहेको स्रोतले जनाएको छ ।

729
दीननाथ बराल
मंगलबार, चैत्र २७, २०७४

प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक तथा सेवा सुविधाका सम्बन्धमा बनेको विधेयक पारित भएको छ । सोमबार बसेको संसद् बैठकले मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ पारित गरेको हो ।

823
जगन्नाथ दुलाल
मंगलबार, चैत्र २७, २०७४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको श्वेतपत्र ‘अबौद्धिक र अव्यावसायिक मुचुल्का’ भएको ठहर गर्दै त्यसलाई निराशाको ‘लालपत्र’को संज्ञा दिएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले चैत १६ गते सार्वजनिक गरेको आर्थिक श्वेतपत्रमाथि ९ दिनपछि औपचारिक धारणा सार्वजनिक गरेको हो ।

824
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

३ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्री र प्रदेशसभा सभासदको तलब सुविधासम्बन्धी विधेयक आइतबार प्रदेशसभाबाट स्वीकृत गराएको छ । स्वीकृत विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ । अन्य सेवासुविधासमेत गरेर मुख्यमन्त्रीले मासिक ७५ हजार रुपैयाँ पाउने देखिएको छ ।

1024
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली शुक्रबार नयाँ दिल्ली गएका थिए ।स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताए ।

1069
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

प्रदेश नम्बर ५ को आर्थिक वर्ष २०७४÷०७५को नीति तथा कार्यक्रम आइतबार (आज) आउँदैछ । प्रदेश नम्बर ५ को मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्नुका साथै २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

701
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघलाई पार्टी प्रवेश गराउन आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो जिकिर गरेका हुन् ।

933
तीर्थराज बस्नेत
शुक्रवार, चैत्र २३, २०७४

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता हुने भएको छ । लामो समयको रस्साकसी र छलफलपछि दुई पार्टीले वैशाख ९ गते एकता घोषणा गर्न लागेका हुन् । बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ गते एकता गर्ने गरी तयारी थाल्ने निर्णय गरेको हो ।

795
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सहकारी मोडल उपयुक्त भएको बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा भएकोे दोस्रो सहकारी महासम्मेलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएकाले उच्च प्राथमिता दिइएको दाबी गरे ।

954
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक कार्यविधि पारित भएको छ । बुधबार बसेको प्रदशसभाको ९ औं बैठकले प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको आर्थिक कार्यविधि विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

1317
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्भावना भ्रमण भएको बताएका छन् । बुधबार बिहान सरकारी निवास बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा ओलीले भारत भ्रमण देशको हितका लागि बताए ।

776
कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४

तीन नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्री, प्रदेशसभा सदस्यको पारिश्रमिक तथा सेवा सुविधाको बारेमा सैद्धान्तिक सहमति गरेको छ । साथै प्रदेशसभा सचिवालयका सचिवको काम कर्तव्य र अधिकारको निर्धारणका साथै एउटा बोर्ड गठन गर्ने समेत सहमति भएको छ ।

589
कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४

नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने, “प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तु पनि नौला छैनन्, सबै विषय टेबुलमै छन् ।” मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता महतले नेपाल–भारतबीच धेरै आयामहरु भएको स्पष्ट पारे ।

858
रासस
बुधवार, चैत्र २१, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा देशलाई अप्ठ्यारो पर्ने, नोक्सान हुने, लज्जाबोध हुने र शिर निहुर्याउने जस्ता राष्ट्रहित विपरित कुनै सहमति नहुने बताएका छन् ।

548
मीनकुमार नवोदित
बुधवार, चैत्र २१, २०७४

प्रदेश नम्बर १ प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि विधेयक–२०७४ सर्वसम्मतबाट पारित गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

1551