रासस
बुधवार, चैत्र १३, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर मात्र छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ ।

412
कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय सरकारले आफूमा अधिकार केन्द्रीकृत गरेर राज्यका अन्य निकायलाई कार्यपालिकाको छाँया बनाउन खोजेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले सरकारले शक्ति सन्तुलन र नियन्त्रण तथा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत कार्यपालिकामा अधिकार केन्द्रीकृत गर्ने मनसाय राखेको निष्कर्ष निकालेको छ ।

506
रासस
मंगलबार, चैत्र १२, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई यही महिनाभित्र राजनीतिक मूलधारमा ल्याइने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गर्दै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गरे ।

426
कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारले आफूलाई अनुकूल हुने तथ्यांकमात्र प्रस्तुत गरेको आरोप लगाएका छन् । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन बढेको तथ्यांक प्रस्तुत गरेर कुल गार्हस्थ्य उत्पादनको वास्तविकता सार्वजनिक नगरेको उनले टिप्पणी गरे ।

440
कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सेनालाई प्रधानमन्त्रीको अधिनमा राख्ने प्रयास लोकतन्त्र सखाप पार्ने षड्यन्त्र भएको बताएका छन् । उनले सेनालाई अधिनमा राख्नु भनेको सबै ‘क्याप्चर’ गर्ने रणनीति भएको बताए । बर्दियाको गुलरियामा आइतबार नेपाल प्रेस युनियन बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सेनामा हस्तक्षेप गर्नु संविधान विपरित भएको बताए ।

421
कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५

गत पुस ११ गते प्रारम्भ भई आइतबारसम्म जम्मा ८९ दिन चालू रहेको संघीय संसद्को तेस्रो अधिवेशन अन्त्य भएको छ । यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् । सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको सभामुख कृष्णबहादुर महराले जानकारी गराए ।

342
रासस
सोमवार, चैत्र ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको आधार वर्षका चालू आर्थिक वर्ष सफल भएको बताएका छन् । राष्ट्रियसभाको आइतबारकोे बैठकमा उनले तीन सरकार र तीन संसद्का बीचको अधिकारको बाँडफाँटको सहजताका साथ सम्पन्न भएको उल्लेख गरे । “जटिल र उल्झनयुक्त बन्न नदिई सहज तरिकाले तीन तहको शक्ति बाँडफाँट सम्पन्न भए । भ्रष्टाचार नियन्त्रण, अपराधी पत्ता लगाएर कारवाही, एकाध घटनामा अपराधी पत्ता नलागे पनि आम अपराधी पत्ता लागेका छन् । सुनकाण्डमा मात्र ४१ जनालाई कारवाही गरिएको छ,” उनले भने । अख्तियारका आयुक्त राजीनामा दिएर भाग्नुपरेको र वाइडबडीमा अख्तियारले छानविन गरिरहेकाले सकिएपछि हत्कडी लगाइने उनको प्रतिबद्धता छ ।

327
कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई राजनीतिक शक्तिकै रुपमा व्यवहार गर्नुपर्ने बताएका छन् । गोरखामा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले विप्लव समूहलाई राजनीतिक शक्तिका रुपमा व्यवहार गर्नुपर्ने बताएका हुन् ।

340
कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका मध्यक्षेत्र इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नौ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे, सशस्त्र प्रहरी तथा प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको विशेष प्रहरी व्यूरोको संयुक्त टोलीले शनिबार बिहान सवा ४ बजे खानीखोला गाउँपालिकाको मिल्चेबाट उनीहरुलाई पक्राउ गरेएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिए । पक्राउ पर्नेमा ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडका छन् ।

409
धर्मेन्द्र कर्ण
आइतवार, चैत्र १०, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)का लागि समानुपातिक समावेशीको सिद्धान्त ‘हात्तीको देखाउने दाँत’जस्तो मात्रै रहेको पार्टीका नेताहरूले बताएका छन् । जातिवाद, नातावाद र द्रव्यवादमा राजपा चुर्लुम्म डुबेको भन्दै उनीहरुले चिन्ता पनि व्यक्त गरेका छन् । राजपाको अध्यक्ष मण्डलसँग सबै अधिकार रहेको छ ।

529
कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५

उपप्रधान तथा रक्षामन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले नेकपाको सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उनले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पारे ।

405
कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५

मधेशी दलका नेताहरूले मधेशी आयोगका नवनियुक्त अध्यक्ष डा. विजयकुमार दत्तले पदको शपथ र पदभार ग्रहण दुवै कार्य सो ऐनको प्रस्तावनाको उल्लंघन गरी गरेको आरोप लगाएका छन् । पद बहालीपछिको सम्बोधनमा मधेशी आयोगका अध्यक्ष दत्तले आफू संविधान, ऐन र कानुनले दिएको अधिकारको अक्षरशः पालना गर्ने प्रतिबद्धता गरिरहेकै बेला ती नेताहरूले भने यस्तो आरोप लगाएका हुन् ।

671
कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकी हुन् ।

417
कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५

सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए ।

275
कारोबार संवाददाता
बुधवार, चैत्र ६, २०७५

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेश्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । गुट–उपगुटले सांगठनिक रुपमा पार्टी कमजोर हुँदै गएकोले त्यसको अन्त्यको लागि यही चैत २८ र २९ गते पोखरामा उक्त सम्मेलन हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

239