कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार सुतेर नबसेको र विकास निमार्णका कामहरु धमाधम तीव्र गतिमा अगाडि बढेको बताएका छन् । देशमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गरेर देशलाई समृृद्धि बनाउन मिडियाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह उनले गरे ।

338
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) को एकीकरण यही भदौ मसान्तसम्म टुंग्याउने गरी दुवै पार्टीका नेताहरू सक्रिय भएका छन् । राजपा अध्यक्ष मण्डलका केही नेताहरूलाई विश्वासमा लिने प्रयास भइरहेको र उनीहरूले त्यसमा सहमति देखाए एकीकरण टुंगिने समाजवादी पार्टीका नेताहरूको भनाइ रहेको छ ।

410
केशव समर्पण
सोमवार, भदौ ९, २०७६

दुई महिनापछि बसेको प्रदेश–३ को आइतबारको प्रदेशसभामा सरकारको चर्को आलोचना भएको छ । प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भए पनि प्रदेश सरकारले जनतामाझ आफ्नो उपस्थिति देखाउन नसकेको भन्दै प्रदेशसभा सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।

268
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

सरकारले उपनिर्वाचनको मिति तोकेसँगै पाँचथरमा एक गाउँपालिका र दुई वडाहरुमा उपनिर्वाचन हुँदैछ । जिल्लाको फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिकाको १ नम्बर वडा र हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडामा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै नेकपा पाँचथरले उपनिर्वाचनका लागि कमिटी नै तयार पारेको छ । फाल्गुनन्द गाउँपालिकामा प्रेमप्रसाद रिजालको संयोजन तथा शंखध्वज नेम्बाङको सहसंयोजनमा १ सय ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिसकेको छ ।

289
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

राष्ट्रिय सभाका सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक संविधानको मूल मर्म विपरीत भएको भन्दै संविधान अनुसार संघीयताको सफल कार्यान्वयनका लागि गम्भीर हुन सरकारको ध्यानाकार्षण गराएका हुन् ।

294
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार थाई एयरवेजको जहाजबाट सिंगापुर प्रस्थान गरेका छन् । उनी भदौ २० गते स्वदेश फर्किने तालिका छ । यसअघि उनी हालैमात्र पनि फलोअप उपचारका लागि सिंगापुर गएर १० दिनपछि फर्किएका थिए । उनी स्वदेश फर्किएपछि संसदको बैठकलाई सम्बोधन गर्नुका साथै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाएका थिए । त्यस्तै, लामो समयदेखि थाँती रहेको पार्टीको जिम्मेवारी बाँडफाँडसमेत टुंगिएको छ ।

376
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि प्रधानमन्त्री सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिसमा प्रधानमन्त्री ओली सिंगापुर गएको स्पष्ट पारे । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गरे ।

352
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

कर्णाली प्रदेशस्तरीय नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा बिहीबार सुरु भएको छ । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए ।

242
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले युट्युबर र सामाजिक सञ्जालले समाजलाई दिग्भ्रमित बनाएको भन्दै आलोचना गरेका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जाल र विशेषगरी युट्युबरको आलोचना गरेका हुन् ।

296
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारकै कारण लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ समर्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले अरुबाट भन्दा सरकारबाटै लोकतन्त्र खतरामा परेको टिप्पणी गरे । कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले नन् इस्यूमा सर्वदलीय बैठक बोलाउनुको कुनै अर्थ नभएको बताए ।

279
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

सत्तारुढ दलका संसदहरुले नेपाल र भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसद सुमन राज प्याकुरेल र कोमल ओलीले नेपाल र भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताएका हुन् ।

252
धर्मेन्द्र कर्ण
बिहिवार, भदौ ५, २०७६

तीन वर्षको अन्तरालमा नेपाल–भारत संयुक्त बैठक बसिरहेका बेला कूटनीतिज्ञहरूले दुईतिहाइको समर्थनमा चलेको सरकारबाट हुनुपर्ने कूटनीतिक भूमिका नभएको देखिएको बताएका छन् । भारतको भू–राजनीतिक अवस्थाले पाएको उचाइअनुरूप नेपालले पहल लिनुपर्र्ने र भारतमाथि पार्न सकिने कूटनीतिक प्रभाव नपर्ने अवस्था देखिएको उनीहरूको भनाइ छ ।

357
मीनकुमार नवोदित
बुधवार, भदौ ४, २०७६

सीमावर्ती भारतीय बजार जोगबनी र पछिल्लो समय विराटनगरमा खुलेका ठूला मलको चेपुवामा साना व्यापारी परेका छन् । जोगबनीका कारण विराटनगरको व्यापार चौपट भएको व्यापारीहरू बताउँछन् । जोगबनीबाट खुलमखुल्ला सामान आयात गर्न दिएकै कारण व्यापारी पलायन हुने अवस्थामा पुगेको खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जयकुमारसिंह मण्डलले बताए । उत्पादनको अन्तिम बिन्दु व्यापारी अहिले रोएर बस्नुपरेको उनको गुनासोे छ ।

327
कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले विभिन्न विषयमा आफ्नो धारणा राखे । शून्य समय र विशेष समयमा विभिन्न पार्टीका सांसदहरुले समसामयिक विषयमा धारणा राखेका हुन् ।

389
कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बिहीबार (आज) बाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा नेपाल र भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको सुनाए । यद्यपि उनले कतिपय विषयहरु समाधान उन्मुख रहेको पनि जिकिर गरे ।

153