कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधी र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टी विधी र पद्धतिभन्दा बाहिर सञ्चालन गर्न खोजिएमा त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन् । बाँकेको कोहलपुरमा आयोजना गरिएको नेकपाका पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रका अन्तर विरोधहरुलाई नेतृत्वले गलत नठानेर सही ढंगले टुग्याउनु पर्नेमा जोड दिए ।

1227
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एनपी साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने, “वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो ।

921
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि एकआपसमा समन्वय र सहकार्य गरी अगाडि बढ्न अपिल गरेका छन् । मंगलबार जनकपुरमा विजयादशमी, दिपावली, छठ तथा इदको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले एक वर्षभित्र नेकपा र संघीय सरकारले यस प्रदेशलाई प्राथमिकता राखेको पुष्टि हुने बताए ।

1471
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् । उनले भने, “प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ ।

1431
कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार असफलता उन्मुख रहेको बताएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गएको आठ महिनाको कार्यशैली हेर्दा सबै पक्षमा सरकार असफल भइसकेको दाबी गरे ।

721
कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महासमिति बैठकपछि पार्टीभित्रको गुटबन्दी समाप्त हुने दाबी गरेका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले गुटबन्दीको शिकार भएकै कारण गएको निर्वाचनमा कांग्रेसले पराजय भोग्नुपरेको बताए ।

948
कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सरकार कार्यकर्ता र आसेपासलाई पोस्नमा मात्रै केन्द्रित भएको आरोप लगाए ।

617
धर्मेन्द्र कर्ण
मंगलबार, कार्तिक ६, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरूले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन् । अध्यक्ष मण्डलका शीर्ष नेताहरूबीच आपसी छलफल भई निर्वाचन आयोगमा पठाइएको सो विधान आफूहरुलाई भने उपलब्ध नगराइएको पार्टीका केन्द्रीय सदस्यहरूले बताएका छन् ।

583
जगन्नाथ दुलाल
मंगलबार, कार्तिक ६, २०७५

नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेका हुन् ।

1046
कारोबार संवाददाता
शनिवार, कार्तिक ३, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोप लगाएका छन् । उनले भने, ‘सरकारले दुई तिहाई बहुमतको दम्भसमेत देखाएर जुन किसिमले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार गर्नेमात्रै होईन, राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको क्षेत्रलाई समेत आक्रमण गर्न थालेको छ ।

1532
कारोबार संवाददाता
बिहिवार, कार्तिक १, २०७५

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्मपनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।

1329
कारोबार संवाददाता
बिहिवार, कार्तिक १, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् ।

1962
रासस
बिहिवार, कार्तिक १, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताए ।

867
रासस
मंगलबार, आश्विन ३०, २०७५

नेपालमा गणतन्त्र स्थापनापछि संग्र्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच सोमबारदेखि सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ ।

1520
कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्र्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

1089