कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारका प्रधानमन्त्री संघीयता बिफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले प्रदेश र स्थानीय सरकारलाई संबिधान बिपरित गएर केन्द्रिय सरकारको इकाइ हो भन्नुले संघीयता बिरोधको आक्रोश प्रष्ट पारेकोे बताए । पौडेलले बिगतमा एक राजा मात्र रहेता पनि हाल धेरै राजाहरुको जन्म भएको भन्दै बिगतका राजा र हालको राष्ट्रपतिमा कुनै भिन्नता पाउन नसकेको बताए ।

479
कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले देशमा सुशासन कायम गर्न सरकारले जनताको चाहना र अपेक्षाअनुसार नागरिकलाई सेवा र सुविधा दिन सक्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘‘जनताको चाहना र अपेक्षालाई पूरा गर्न नागरिक सहभागिताको सरकार र उनीहरुका आधारभूत आवश्यकताको परिपूर्ति तथा मौलिक हकको सम्मान गर्नुपर्दछ ।’’

414
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

सरकारले स्थानीय तहका रिक्त पदमा शीघ्र पदपूर्ति गर्ने निर्णय गरेको छ । विभिन्न कारणले स्थानीय तहमा जनप्रतिनिधिको पद रिक्त छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न १६ वटा निर्णय सुनाए । यसअघि प्रदेश सरकारअन्तर्गत रहेको सेती राजमार्ग उत्तर खण्ड (टीकापुर–लुडे–चैनपुर–ताक्लाकोट) लाई नेपाल सरकारले खोसेर आफू मातहत ल्याएको छ ।

610
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

सरकारले स्थानीय तहका रिक्त पदमा शीघ्र पदपूर्ति गर्ने निर्णय गरेको छ । विभिन्न कारणले स्थानीय तहमा जनप्रतिनिधिको पद रिक्त छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न १६ वटा निर्णय सुनाए ।

512
कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६

जिल्लाको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ स्थित मैयुङ क्षेत्रको धोत्रेमा सुरक्षाकर्मी सँगको दोहोरो गोली हानााहनका क्रममा घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको छ । गस्तीमा रहेको सुरक्षाकर्मीलाई फायर खोलेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउलेका ३२ वर्षिय तीर्थराज घिमिरे घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि रिफर गरिएका उनलाई हिजै धरान घोपा क्याम्प लगिएको थियो ।

547
कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६

नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली राज्यका सबै संयन्त्र आफू मातहत राखेर शक्तिशाली बन्न खोजेको आरोप लगाएका छन् । विराटनगरका पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका आचार्यले प्रधानमन्त्री आफूमात्रै बलियो हुने बाटोमा अगाडि बढेको दाबी गरे । “प्रधानमन्त्री केपी ओली आफूमात्रै बलियो हुने बाटोमा अगाडि बढ्नुभएको छ ।

421
कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६

सुदूरपश्चिम प्रदेशको संसदको बैठक सत्तापक्षीय सांसदको विवादले स्थगित भएको छ । योजना छनोट प्रक्रियाको विषयमा सत्तापक्षकै सांसद्हरूले सुदूरपश्चिम सरकारको विरोध गरेपछि संसदको बैठक स्थगित भएको हो । विवाद भएपछि प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

443
कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि कांग्रेसले सोमबार छाया सरकार गठन गरेको हो ।

586
कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षात्मक प्रणालीमै जाने भएको छ । पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको हालै सम्पन्न बैठकले आगामी महाधिवेशनपछि अध्यक्षमण्डल नरहने र पार्टीलाई अध्यक्षीय प्रणालीमा अगाडि बढाउने निर्णय गरेको हो ।

647
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विधेयकलगायतका अन्य अप्रजातान्त्रिक विधेयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको जिकिर गरे ।

510
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

नवगठित समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभूति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “संविधानले नै प्रेसबारे राम्रो व्यवस्था गरेको छ । मौलिक हकका सम्बन्धमा पनि धेरै राम्रो संविधान छ ।”

342
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौँमा क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान सुरुआत गरेको छ । संघीय संसद् प्रतिनिधिसभामा नेपाली कांग्र्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले काठमाडौँको क्षेत्र नं ३ बाट शनिबार जागरण अभियान शुरु गरेका हुन् । नेपाली कांग्रेस ३ नं क्षेत्रीय समितिले जोरपाटीमा आयोजना गरेको कार्यक्रममा उनले हरेक स्थानमा पुगेर नागरिकका कुरा सुनिने बताए । सरकार संविधानविपरीत प्रेस स्वतन्त्रता तथा मानव अधिकारलाई कुण्ठित गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलले खबरदारी गरिरहने उनले बताए ।

426
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

प्रदेश नम्बर ३ को स्थायी राजधानी टुङ्ग्याउनको लागि प्रदेशसभामा पेश गरिएको कार्यविधि अस्पष्ट र अधुरो भएको भन्दै प्रदेशसभा सांसदहरूले सच्याउन माग गरेका छन् । बिहीबारको प्रदेशसभामा कार्यविधिमाथि आफ्नो धारणा राख्ने क्रममा सांसदहरूले अस्पष्ट कार्यविधिका कारण स्थायी राजधानी टुङ्ग्याउन समस्या पर्ने औंल्याएका हुन् ।

718
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुंगो लगाएको स्रोतले जनाएको छ ।

547
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राज्यले मिडियालाई टक्कर दिन नखोजेको बताएका छन् । सरकार मिडियालाई स्वतन्त्र बनाउने पक्षमा नै रहेको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । “अहिलेको सरकार मिडियालाई कमजोर बनाउने पक्षमा छैन,” पोख्रेलले भने । लोकतन्त्रमा मिडियालाई कमजोर बनाउन नसकिने उनको भनाइ छ ।

506