कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर नआक्न चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संयोजक पाण्डेले यस्तो बताएका हुन् ।

973
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता डा. शिवजी यादवले अझै पनि समय बाँकी रहेकोले संविधान संशोधन हुनेमा पार्टी आशावादी रहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, “सरकारले माग सम्बोधन गर्न सक्दैनौं भनेर भनिदिएको भए हामीले यतिबेला सरकार छोडिसकेको हुन्थ्यौं । तर, समय बाँकी छ । संविधान संशोधनको लागि २ बुँदे सम्झौता गरेर हामी सरकारमा गएका छौं ।”

701
धर्मेन्द्र कर्ण
सोमवार, आश्विन २९, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरूले प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर आन्दोलनमा जानुपर्ने प्रयास अगाडि बढाएका छन् । कांग्रेसका केही नेताहरूले राजपाका शीर्ष नेताहरूसँग सम्पर्क गरी यसबारे छलफल बढाएको देखिएपछि राजपाका नेताहरूले आन्दोलनका बारेमा सोच्न शीर्ष नेतृत्वमा दबाब दिन थालेको पार्टीका नेताहरूले बताएका हुन् ।

813
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार र अनियमितताले नेपालको विकास हुन नसकेको बताएका छन् । जिल्ला समन्वय समिति तनहुँले शुक्रबार बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भ्रष्टाचार र अनियमितता मौलाउँदा नेपालको सोचेजति विकास नभएको बताए । संक्रमणकालको समयमा सरकार निरीह भएका कारण नेपालमा भ्रष्टाचारका विरुद्ध सशक्त भएर लाग्न नसकेको बताउँदै दुई वर्षे योजनाहरु बाह्र÷तेह्र

957
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बिहीबार नेपालस्थित विभिन्न दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले भेट गरेका छन् । विश्व वैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग (डिएफआइडी)का सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मालगायतको टोलीले मुख्यमन्त्री कार्यालयमा भेट गरेको हो ।

822
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको सफलतामा नै सरकारको प्रभावकारिता निर्भर रहने बताएका छन् । नेपाल प्रहरीको ६३ औं स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी सरकारको प्रभावकारी र सशक्त माध्यम भएकोले यसका कामकारबाही पनि त्यत्तिकै रुपमा नागरिकमैत्री हुनुपर्नेमा जोड दिए ।

935
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले साधारण भूमिकाको लागि मात्रै वामदेव गौतमलाई संसदमा लैजान जरुरी नभएको स्पष्ट पारेका छन् ।

970
कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट पारेकी छिन् ।

871
कृष्ण न्यौपाने
बिहिवार, आश्विन २५, २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै कांग्रेसलाई एकताको शुत्रमा बाँध्न सकिने बताएका छन् ।

674
तीर्थराज बस्नेत
बिहिवार, आश्विन २५, २०७५

नेता वामदेव गौतम काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन लड्ने विषयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र हलचल पैदा भएको छ । गौतमका लागि त्यस क्षेत्रका सांसद रामवीर मानन्धरले राजीनामा घोषणा गरेपछि पार्टीमा असन्तुष्टि चुलिएको छ ।

998
तीर्थराज बस्नेत
बुधवार, आश्विन २४, २०७५

काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामविर मानन्धरले पदबाट राजीनामा घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल कम्युनिष्ट पार्टीका सांसद मानन्धरले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

895
कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५

प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश नम्बर १ को बर्खे अधिवेशन सकिएको छ । सरकार गठन भएको ७ महिना बितिसक्दा पनि प्रदेशको न्वारान हुन सकेन ।

723
धर्मेन्द्र कर्ण
बुधवार, आश्विन २४, २०७५

सरकारलाई राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको अल्टिमेटम ‘बाँदरको पुच्छर लौरो न हतियार’ हुने टिप्पणी पार्टीकै असन्तुष्ट नेताहरूले गरेका छन् । राजपाका नेताहरूले प्रधानमन्त्रीसँग भेटेर आफूहरूका माग छठसम्ममा पूरा नभए समर्थन फिर्ता लिने चेतावनीसहित दिएको अल्टिमेटमप्रति असन्तुष्ट नेताहरुले यस्तो टिप्पणी गरेका हुन् ।

907
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले न्यायपालिकामाथिको हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनद्वारा सोमबार आयोजित दसैं, तिहार, छठ तथा नेपाल सम्वत्को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

742
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा असहमतिपत्र पेश गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेता नेपालले प्रदेश पदाधिकारीको चयन र सरकारका कामकारबाहीका विषयमा लिखित रुपमा असन्तुष्टि राखेका हुन् ।

687