कृष्ण न्यौपाने
सोमवार, पुष ९, २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै नेता पौडेलले राज्यले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाएर बालबालिकालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका हुन् ।

614
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियताको नाराको चरम दुरुपयोग गर्दै निर्वाचित भएको वर्तमान सरकार अहिले लम्पसारवादमा परिणत भएको निष्कर्ष निकालेको छ । मंसिर २९ गते देखि सुरु भएर आइतबार सम्पन्न कांग्रेस महासमिति बैठकले सरकारका क्रियाकलाप लम्पसारवादी भएको ठहर गरेको हो ।

572
जगन्नाथ दुलाल
सोमवार, पुष ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएको छ । आइतबार सम्पन्न महासमिति बैठकबाट पारित समसामयिक प्रस्तावमा कांग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको हो ।

544
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदयेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सरकारप्रति विभिन्न टिप्पणी हुन थालेको बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा सांसद त्रिपाठीले अर्थमन्त्रीका गतिविधिले सरकारले सोचेअनुरूप काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

683
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले शनिबार अपरान्ह प्रस्ताव प्रस्तुत गरेका हुन् ।

587
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे ।

564
जगन्नाथ दुलाल
शुक्रवार, पुष ६, २०७५

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधानको विषय थप पेचिलो बनेको छ । पार्टी प्यालेसबाट सरेर बिहीबारदेखि पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा पनि विधान मस्यौदा पेश हुन सकेन ।

695
धर्मेन्द्र कर्ण
बिहिवार, पुष ५, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)मा दुई महिने चक्रीय प्रणाली अन्तर्गत संयोजकमा राजेन्द्र महतो बनेको एक महिना बिते पनि अध्यक्ष मण्डलको बैठक बस्न सकेको छैन । अध्यक्ष मण्डलका एक सदस्य अनिल झाका अनुसार उक्त बैठकको निर्णय विवादमा आएपछि राजपा अध्यक्ष मण्डलको बैठक बस्न नसकेको हो ।

672
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

नेपाली कांग्रेसको महासमिति बैठकमा बिहीबार (आज) विधान मस्यौदा पेश हुने भएको छ । लामो रस्साकस्सीपछि मंगलबार शीर्ष नेताहरुबीच विधान मस्यौदामा सहमति जुटेको थियो । तर, बुधबार बसेको केन्द्रीय समितिले पारित गर्ने भनिएपनि दिउँसोको बैठकमा विधान पारित हुन सकेन ।

698
जगन्नाथ दुलाल
बुधवार, पुष ४, २०७५

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकार दोब्बर हुने भएको छ । लामो रस्साकस्सीपछि मंगलबार साँझ टुंगिएको विधानमा १ सय ७१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावमा सहमति जुटेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । हाल कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ ।

814
जगन्नाथ दुलाल
मंगलबार, पुष ३, २०७५

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधन मस्यौदा पेश गर्न सकस देखिएको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा तयार भएको विधान मस्यौदामा सोमबार सहमति जुटाउने प्रयास भएपनि सफल हुन सकेन । विधानमा सहमति जुटाउनका लागि ३ घण्टा महासमिति बैठक स्थगन गरेरै सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा केन्द्रीय समिति बैठक बसेको थियो ।

749
कारोबार संवाददाता
सोमवार, पुष २, २०७५

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले यस्तो बताएका हुन् । उनले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकार रहेको जिकिर गरे ।

740
कारोबार संवाददाता
सोमवार, पुष २, २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विनोद चौधरी, स्वर्णीम वाग्ले, अनिलकुमार रुंगटालगायत ५ जनालाई पार्टीको महासमिति सदस्य मनोनित गरेका छन् । महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानअनुसार उनीहरु मनोनित भएका हुन् ।

724
कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजमार्ग विस्तार र स्तरोन्नतिको कामलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । उनले नयाँनयाँ राजमार्ग निर्माण गर्नसमेत सुरु भइसकेको बताए । रिपोर्टर्स क्लबले शनिबार गरेको कार्यक्रममा उनले पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई दुई लेनबाट स्तरोन्नति गर्दै चार लेनको बनाउने निर्णय भइसकेको बताए ।

594
कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

1094