कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्समात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसँग गरेको भिडियो कन्फ्रेन्समा ‘हाइहेल्लो’ मात्रै गरिएको तर मन्त्रीपरिषद्को बैठक नै चाहि नबसेको स्पष्ट पारेका हुन् ।

301
धर्मेन्द्र कर्ण
शुक्रवार, भदौ १३, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) राजनीतिक समितिका नेताहरूले अध्यक्ष मण्डलको गतिविधि अपारदर्शी भएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नेतृत्वको वार्ता समिति बनेयता पार्टीका गतिविधिहरू अपारदर्शी हुन थालेको पार्टीका नेताहरूको भनाइ छ ।

369
कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमा मुलुक बाहिरबाट शासन चलाउन नमिल्ने बताएका छन् । ग्लोबल युथ एलायन्सले बिहीबार राष्ट्रियसभा भवनमा आयोजना गरेको ‘युवा र राजनीति’ विषयक विचार गोष्ठिमा उपसभापति निधिले सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको प्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् । “लोकतन्त्रमा देशभित्रैबाट शासन चलाउन पर्छ, सिंगापुरबाट चलाउन पाइँदैन । राष्ट्रियता सिंगापुरबाट होइन नेपालभित्रैबाट परिभाषित हुन्छ,” उनले भने ।

306
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताए ।

255
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालमा कम्युनिष्टहरुले अधिनायकवाद लाद्न खोजिएको भन्दै त्यसविरुद्ध अब जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । कम्युनिष्टहरु विश्वबाटै पलायन भइरहेको भन्दै अब नेपालमा पनि उसको शासन धेरै नटिक्ने दावी गरे ।

203
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले संघियतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि संघीय कानुनले पूर्णता पाउन नसक्दा संवैधानिक प्रश्न उब्जिएकाले संघीय, प्रदेश र स्थानीय सरकार बीच दूरी बढेको बताए ।

229
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् । नेपाल प्रेस युनियनले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले मुलुकलाई ‘कम्युनिस्ट स्टेट’ बताउने खतरा बढेको बताएका हुन् ।

249
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

201
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेता सिंहले अलोकप्रिय कदमका कारण सरकारले नागरिकको भरोसा गुमाउँदै गएको दाबी गरे ।

238
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भए पनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने बताए ।

293
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद महेन्द्र राय यादवले सरकारसँग काश्मीरको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद यादवले काश्मीरका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेर जनतालाई प्रष्ट पार्न माग गरेका हुन् ।

278
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेताहरूको कार्यविभाजनमा देखिएको असन्तुष्टिलाई मिलाउँदै नयाँ निर्णय सार्वजनिक गरेको छ । साथै पार्टीका नेताहरूलाई पार्टीको नीति र प्रक्रियाविपरीत बोले कारबाही गर्ने निर्णय पनि गरेको छ । पार्टी एकता भएयता पहिलोपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सचिवालयको बैठक बसेको हो । यसअघि नेकपाको बैठक बस्न दुईजना अध्यक्षको अनिवार्य उपस्थिति चाहिने भए पनि अध्यक्षता भने केपी शर्मा ओलीले मात्रै गर्ने गरेका थिए ।

338
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर सोमबार मन्त्रिपरिषद् बैठक बसेको हो ।

254
रासस
मंगलबार, भदौ १०, २०७६

प्रतिनिधिसभाको आजको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ । उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महिनासम्म दफावार छलफल भई सोमबार पेश भएको हो ।

227
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलहमा दुःख व्यक्त गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेलामा नेकपाभित्र दुई शिर्ष नेताहरुबीच भएको संवाद र तिक्तताले सबै राजनीतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए ।

287

सातामा धेरै पढिएको