कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ भने ३ देशबाट राजदूत फिर्ता बोलाएको छ । यही पुस ६ र ९ गते मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

650
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा मेलमिलाप दिवस मनाउने भएको छ । कांग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सबै जिल्लामा विभिन्न कार्यक्रम गरी मनाउन लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनले जारी गरेको विज्ञप्तिमा कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाद्वारा पुस १६ गते देशैभर कार्यक्रम गर्ने घोषणासमेत भएको र सोही अनुसार कार्यक्रम गर्न लागिएको उल्लेख छ । कांग्रेसका संस्थापक नेता बीपी कोइराला र उनीसँगै गणेशमान सिंह तथा अन्य शीर्ष नेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी २०३३ पुस १६ गते नेपाल फर्किएका थिए ।

821
धर्मेन्द्र कर्ण
बिहिवार, पुष १२, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्यहरूले पार्टीलाई सहमतीय प्रणालीबाट बहुमतीय प्रणालीमा अगाडि बढाउने संकेत गरेका छन् । ६ पार्टीको एकीकरण हुने बेलामा अध्यक्षमण्डल गठन गरी सहमतीय प्रणालीलाई अंगीकार गरेको राजपा अब बहुमतीय प्रणालीमा जान लागेको हो । गत मंसिर ४ गते सम्पन्न अध्यक्ष मण्डलको बैठकबाट तत्कालीन संयोजक महन्थ ठाकुरलाई हटाएर चक्रीय प्रणालीमा पार्टीलाई अगाडि बढाउने निर्णय बहुमतबाट गरिएको थियो । त्यो निर्णयमा अध्यक्ष मण्डलका सदस्य अनिल झाले नोट अफ डिसेन्ट जाहेर गरेयता पार्टीमा विवाद देखिएको छ ।

750
रासस
बिहिवार, पुष १२, २०७५

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन बुधबारदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आह्वानका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

764
कारोबार संवाददाता
बुधवार, पुष ११, २०७५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक समृद्धि सहरमा मात्र सीमित नभएको बताएका छन् । सार्क नमुना घलेगाउँलाई स्मार्ट भिलेज शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

651
धर्मेन्द्र कर्ण
बुधवार, पुष ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजपा नेताहरूले मिलेर भेटवार्ता गरेका भए पनि आपसी विवाद समाधान गर्न बाटो पहिल्याउन सकेका छैनन् । मंगलबार बिहान राजपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । नेताहरु बालुवाटारमा भएको बैठकका लागि सँगै गएका थिए ।

711
जगन्नाथ दुलाल
बुधवार, पुष ११, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकले हिन्दू धर्म विरोधीहरूलाई नराम्ररी झस्काएको छ । आफ्नै नेतृत्वमा धर्मनिरपेक्षतासहितको संविधान जारी गराएको कांग्रेसको नीतिगत छलफल हुने महत्वपूर्ण निकाय महासमिति बैठकमा ८ सयभन्दा बढी महासमिति सदस्यहरूले हिन्दू राष्ट्रका पक्षमा सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् ।

762
कारोबार संवाददाता
मंगलबार, पुष १०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए । यद्यपि, उनले कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा नबोकेको जिकिर गरे ।

533
कारोबार संवाददाता
मंगलबार, पुष १०, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गरेको जिकिर गरे ।

681
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

नेपाल पत्रकार महासङ्घले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ ।

625
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

राष्ट्रिय कर्मचारी महासंघले चौथो राष्ट्रिय सम्मेलन र कर्मचारी समायोजन अध्यादेश–२०७५ का बारेमा आफ्ना माग सार्वजनिक गरेको छ । महासंघले शनिबार सम्पन्न भेलाको निर्णय आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

897
कृष्ण न्यौपाने
सोमवार, पुष ९, २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै नेता पौडेलले राज्यले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाएर बालबालिकालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिएका हुन् ।

612
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियताको नाराको चरम दुरुपयोग गर्दै निर्वाचित भएको वर्तमान सरकार अहिले लम्पसारवादमा परिणत भएको निष्कर्ष निकालेको छ । मंसिर २९ गते देखि सुरु भएर आइतबार सम्पन्न कांग्रेस महासमिति बैठकले सरकारका क्रियाकलाप लम्पसारवादी भएको ठहर गरेको हो ।

569
जगन्नाथ दुलाल
सोमवार, पुष ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएको छ । आइतबार सम्पन्न महासमिति बैठकबाट पारित समसामयिक प्रस्तावमा कांग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको हो ।

544
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदयेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सरकारप्रति विभिन्न टिप्पणी हुन थालेको बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा सांसद त्रिपाठीले अर्थमन्त्रीका गतिविधिले सरकारले सोचेअनुरूप काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

679