कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामु गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्यपि उनले सरकारले भयंकर गल्ती भने नगरेको बताए ।

607
कारोबार संवाददाता
सोमवार, मंसिर १०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबमा आयोजित सााक्षात्कारमा उनले भने, “नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ ।

685
जगन्नाथ दुलाल
सोमवार, मंसिर १०, २०७५

नेपाली कांग्रेसमा ‘एक व्यक्ति एक पद’ राख्न प्रस्ताव गर्दै पार्टीको विधान मस्यौदा तयार गरिएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश भएको हो ।

733
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘सैनिक कू’को खतरा रहेको संकेत गरेका छन् । पत्रकार जगत नेपालद्वारा लिखित ‘बीपीको विद्रोह’ पुस्तक विमोचन समारोहमा पूर्वप्रधानमन्त्री भट्टराईले नेपालीमा राणा, प्रजातन्त्र, पञ्चायत र २०४६ सालपछि पटकपटक सेनाको बलमा प्रजातान्त्रिक व्यवस्था विरोधी साशनसत्ता चलेको पनि स्मरण गरे ।

2700
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताको ढोका सदैव खुल्ला राख्दै पार्टीले घोषणा गरेका जनसंघर्षका कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्न राप्रपा अगाडि बढिसकेको बताएका छन् ।

699
जगन्नाथ दुलाल
आइतवार, मंसिर ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आईएनजीओको आयोजनामा हुन लागेको कार्यक्रममा सहआयोजक बसेको भन्दै सरकारको आलोचना गरेको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै ‘एसियन प्यासिफिक समिट ०१८’ मा नेपाल सरकार र संघीय संसद् सहआयोजक बसेकोप्रति खेद प्रकट गरेका हुन् ।

793
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बिनानिर्णय सकिएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक आज (शुक्रबार) पुनः बस्ने गरी सकिएको हो ।

656
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले भनिन्, “मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो ।

620
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडका गाडी किन्ने र प्रहरी तालिम केन्द्र हटाउने विषयमा नकारात्मक प्रचार गरेर सम्मानित संस्थाको बदनाम गर्न खोजको प्रष्टीकरण दिएको छ । बिहिबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलेनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संवैधानिक संस्थालाई व्यक्तिसँग जोडेर बदनाम गर्न खोजिएको बताए ।

574
जगन्नाथ दुलाल
शुक्रवार, मंसिर ७, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणको वास्तविकता रहस्यमय बनेको भन्दै छानबिनको माग दोहो-याएको छ । बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले वाइडबडी खरिदमा गम्भीर घोटालाको आशंका गरेको हो ।

773
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्य निरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको गुनासो पोखेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म किन भएन ? मलाई आश्चर्य लागेको छ ।”

597
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्नेबारे गृहकार्य भइरहेको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अहिले राजनीतिक रूपमा, कानुनी तहमा गम्भीर गृहकार्य भइरहेको छ ।”

662
जगन्नाथ दुलाल
बिहिवार, मंसिर ६, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विशिष्ट व्यक्तिहरूलाई पार्टीमा कसरी आकर्षित गर्ने भन्ने बहस सुरु भएको छ । विशेषगरी नयाँ अनुहारलाई आकर्षित गर्न नसक्दा जनमत खुम्चँदै गएको स्वीकार गर्ने कांग्रेसमा पार्टीमा सो रिक्तता पूरा गर्न विशिष्ट व्यक्तिहरूलाई आकर्षित गर्नुपर्ने सुझाव आएको छ ।

1580
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पुनस्र्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ ।

582
रासस
मंगलबार, मंसिर ४, २०७५

झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो ।

699