कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ । अध्यक्ष यादव र डा. भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरे ।

631
धर्मेन्द्र कर्ण
सोमवार, बैशाख २३, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरूले नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकता प्रक्रियाबाट आफूहरु चकित भएको बताएका छन् । राजपा, फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरणको पहल सुरू भएको थियो । त्यतिखेर नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संविधान मस्यौदा समितिका सभापति थिए ।

558
कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गरेको हो ।

579
कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६

नेपाली कांग्रे्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सपथ ग्रहण कार्यक्रममा उनले पार्टीमा अनुशासन नभएसम्म निर्वाचन जित्न नसक्ने बताए ।

579
रासस
बिहिवार, बैशाख १९, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै संलग्न भए पनि सरकारी जग्गा फिर्ता ल्याइने दृढता व्यक्त गरेका छन् ।

1145
कारोबार संवाददाता
बिहिवार, बैशाख १९, २०७६

स्थायी राजधानी र नाम तोक्न नसकिरहेका बेला प्रदेश–१ सरकारले मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गर्ने निर्णय गरेको छ । सरकार गठन भएको १४ महिना बितिसक्दा पनि प्रदेश सरकारले स्थायी राजधानी र नामको टुंगो लगाउन सकेको छैन ।

740
कारोबार संवाददाता
बिहिवार, बैशाख १९, २०७६

साझा विवेकशील पार्टीले २०५४ सालमा जितेन्द्र नारायण देवको समितिले वितरण गरेको ३४ हजार नागरिकता खारेजीको माग गरेको छ ।

740
कारोबार संवाददाता
बिहिवार, बैशाख १९, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी भए पनि कारबाही हुनुपर्ने बताएका छन् । नेपाल प्रेस यूनियन संखुवासभाले मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले यस्तो बताएका हुन् ।

635
कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६

नेपाली कांग्रेसले पार्टीको राष्ट्रिय जागरण अभियानलाई अनुशासित बनाउन पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।

529
कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६

सरकारले संघमा जस्तै प्रदेशको बजेट निर्माण गर्दा मन्त्रालयगत बजेट प्रणलीको विकास गर्ने भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी आर्थिक वर्ष (२०७६-०७७) देखि बजेट तर्जुमाका लागि सातवटै प्रदेशमा प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पिएलएमविआइएस) प्रयोगमा ल्याउने निर्णय भएको मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (पहिलो संशोधन) कार्यविधि २०७५ लाई स्वीकृत गरेको बताए ।

640
केशव समर्पण
बुधवार, बैशाख ११, २०७६

प्रदेश सरकार आफैंले कानुन निर्माण गरी प्रदेश पदाधिकारी तथा सदस्यको सेवा सुविधा तोक्न पाउने व्यवस्था गरिएसँगै प्रदेशैपिच्छे फरकफरक सेवा सुविधा निर्धारण गरिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरुको सेवा सुविधा र पारिश्रमिकको व्यवस्था गरी कानुन बनाइएको छ ।

747
कारोबार संवाददाता
आइतवार, बैशाख ८, २०७६

वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले रोजगारीको क्रममा विदेश जाँदा म्यानपावरले ठगेको सुनुवाइ गर्ने मुख्य काम वैदेशिक रोजगार विभागको भएको तर विदेश जानेले दलालले पैसा खाएपछि तथा विदेशमा गएर ठगिएपछि सरकारलाई गाली गर्ने बानीको विकास भएको बताएका छन् ।

494
कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे ।

649
कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार र पञ्चायत कालमा केही पनि फरक नभएको आरोप लगाएका छन् । सोमबार कांग्रेस झापा ५ नम्बर क्षेत्रीय समितिको भवन उद्घाटनका लागि झापा आएका देउवाले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान सरकार अधिनायकवादततर्फ उन्मुख रहेकाले पञ्चायत काल र वर्तमान समय बीच कुनै पनि फरक नरहेको जिकिर गरे ।

590
कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयसम्म विवादमा रहेको विषयलाई पुरानो मापदण्डलाई फेरेर जिल्ला तहको एकीकरण प्रक्रिया टुंगोमा पु¥याए पनि वरिष्ठ नेता माधवकुमार नेपालले घोषणा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुंग्याउनका लागि नेतृत्वका जनप्रतिनिधिहरूलाई पनि समावेश गर्ने निर्णय गरेर त्यसको सार्वजनिक घोषणा कार्यक्रममा वरिष्ठ नेता मञ्चबाट बाहिरिएर असन्तुष्टि जनाएको नेपाल निकट स्रोतले जनाएको छ ।

715