कारोबार संवाददाता
बुधवार, माघ २२, २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए ।

357
कारोबार संवाददाता
मंगलबार, माघ २१, २०७६

पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा नेता थापाले नेपाली समाजमा पठन पाठनको संस्कृतिमा कमी भएको हुँदा पनि एमसीसी जस्तो विषयमा समाज झन बढी अन्यौल र अस्पष्टता रहेको बताएका हुन् ।

546
कारोबार संवाददाता
आइतवार, माघ १९, २०७६

राजधानीमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भइरहेको छ । सरकारको असफलता, भ्रष्टाचार, अमेरिकी सहयोगको कार्यक्रम एमसीसी तथा नेतृत्वको सम्पत्ति तथा आन्तरिक गुटबन्दीका विषयमा केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गरेका हुन् । कतिपय सदस्यहरुले पार्टीका सबै तहका नेताको सम्पत्ति छानबिन गर्नसमेत माग राखेका छन् । केन्द्रीय कमिटी बैठकमा शनिबारबाट समूहगत छलफल सकिएको छ ।

247
कारोबार संवाददाता
सोमवार, माघ २०, २०७६

पूर्व उद्योगमन्त्री सुनिल बहादुर थापाले आफू कांग्रेस प्रवेश गर्ने भनेर विभिन्न संचार माध्यममा आएको कुरा हल्ला मात्र भएको बताएका छन् । धनकुटामा आइतबार पत्रकार सम्मेलन गर्दै थापाले सुनिल बहादुर थापा कांग्रेस प्रवेश गर्दै छ भन्ने कुरा विभिन्न संचार माध्यमा आएको छ तर यस विषयमा आफू लाई नै भने थाहा नभएको बताएका हुन् ।

375
कारोबार संवाददाता
सोमवार, माघ २०, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विवादलाई निक्र्योल गर्न सकेन । बैठकले एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । माघ १५ गतेदेखि जारी बैठक आइतबार सम्पन्न भएको छ ।

380
कारोबार संवाददाता
शुक्रवार, माघ १७, २०७६

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुंगाना मनोनीत भएका छन् । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार रिक्त ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुंगानालाई मनोनीत गरेका हुन् ।

504
कारोबार संवाददाता
शुक्रवार, माघ १७, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । उनले भने, “सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन । त्यसैले सरकारमा जाने सम्भावना छैन । सरकारमा जानेबारे हामीसँग नैतिक धरातल छैन । असोज ३ गतेलाई हामी कालो दिवसको रुपमा मनाउँछौं । अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन ।”

418
कारोबार संवाददाता
बिहिवार, माघ १६, २०७६

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गरेका छन् । बुधबार शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाले यसबारे कुनै अन्योल, भ्रम र आशङ्का रहेमा चिरेर जान आग्रह गरेका हुन् ।

486
कारोबार संवाददाता
बिहिवार, माघ १६, २०७६

सार्वजनिक निकायको सूचना पाउने अधिकार पत्रकारको मात्रै नभई सबै नागरिकको हो । तर कतिपय स्थानीय तहका जनप्रतिनिधि आफैँलाई सूचनाको हकबारे अनभिज्ञ रहेको सरोकारवालाहरूले बताएका छन् ।

540
कारोबार संवाददाता
बिहिवार, माघ १६, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेका हुन् । प्रस्तावमा राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख छ । गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको थियो ।

439
कारोबार संवाददाता
बुधवार, माघ १५, २०७६

नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।” संविधानको भावना प्रतिकूल केही विधेयकहरु सरकारले संसद्मा पेश गरेको भन्दै उनले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु त्यही रुपमा

369
कारोबार संवाददाता
बुधवार, माघ १५, २०७६

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने उल्लेख गरे ।

325
कारोबार संवाददाता
बुधवार, माघ १५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) छिटो पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताए । उनले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाए । “समाजको चरित्र पनि मेलमिलापयुक्त तरिकाले अघि बढेकाले संसद् पनि त्यही रुपमा अघि बढ्ने विश्वास छ, जनतामा सार्वभौमसत्ता आइसकेकाले जनता सबै कुराका अन्तिम निर्णयकर्ता बनेका छन् ।

255
कारोबार संवाददाता
बुधवार, माघ १५, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बुधबार (आज) देखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

288
कारोबार संवाददाता
मंगलबार, माघ १४, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।

383