कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा उनले भने, “कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भइसक्यो ।” केसीले प्रधानमन्त्री ओलीमाथि विश्वास गर्नु आफ्नो गल्ती भएको बताए ।

704
कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । सबै तहमा पार्टी एकता प्रक्रिया टुंगो लगाउन नेकपापाले सचिवालय र स्थायी समिति बैठक बोलाउने तयारी गरेको हो । महासचिव विष्णु पौडेलका अनुसार मंसिर ६ गतेका लागि सचिवालय बैठक बोलाउने तयारी भइरहेको छ । यद्यपी टुंगो भने लागिनसकेको बताइएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएको थियो ।

620
कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् । उनले भने,“यो सरकार निरन्तरताको लागि मात्रै होईन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो ।

634
कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् ।

639
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सरकारले जनतामा केही होला भन्ने आशा जगाउन नसकेको बताएका छन् । बिहीबार प्रेस युनियन रासस शाखाको उद्घाटन गर्दै थापाले ८ महिनामा सरकारले धेरै कुरा गर्न नसकेपनि युसवाहरू अब केही हुन्छ भन्ने आशा जगाउन सक्नुपर्ने भएपनि त्यसो गर्न नसकेको बताएका हुन् ।

645
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिवार बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार दिउँसो २ बजे बस्नेछ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

537
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने दाबी गरेका छन् । उनले भने, “यसबारेमा हामी दुवै तर्फका सदस्यहरूबीच कुराकानी भैरहेको छ । हाम्रोतर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ । तर अहिले मिति तोक्दैनौं ।”

590
कारोबार संवाददाता
बिहिवार, कार्तिक २९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । नेपाल हिँड्न लागेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

439
कारोबार संवाददाता
बिहिवार, कार्तिक २९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिमा फेरबदल गर्ने भएको छ । पटक–पटक सरकारको नेतृत्व गर्दा जनअपेक्षा अनुरुप आर्थिक रुपान्तरण गर्न नसकेको आरोप खेप्दै आएको कांग्रेसले आर्थिक नीति समयसापेक्ष बनाउने तयारी थालेको हो । नयाँ आर्थिक नीति बनाउनका लागि सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिले बुधबार विज्ञहरुसँग छलफल गरेको छ ।

585
कारोबार संवाददाता
बुधवार, कार्तिक २८, २०७५

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । सोडारीलाई नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् ।

609
कारोबार संवाददाता
बुधवार, कार्तिक २८, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीचको एकता प्रक्रिया भाँडिएपछि आरोप–प्रत्यारोप ुरु भएको छ । एकता प्रक्रिया पूरा हुने बताइए पनि अन्तिम समयमा आएर दुई पार्टीबीच एकता प्रक्रिया बिथोलिएको थियो ।

710
कारोबार संवाददाता
मंगलबार, कार्तिक २७, २०७५

प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघका इकाई सभापति कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ काभ्रेले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । नेविसंघ केन्द्रीय समितिले घोषणा गरेका कार्यक्रमअन्तर्गत सोमबार नेविसंघ काभ्रेले बनेपाको टेलिकम चोक र रेम्बो फोटो स्टुडियो चोकमा पुत्ला जलाएको हो ।

659
तीर्थराज बस्नेत
मंगलबार, कार्तिक २७, २०७५

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक लामो समयदेखि बस्न सकेको छैन । गत जेठ ३ गते पार्टी एकीकरणपश्चात् असार २ गते स्थायी कमिटीको पहिलो बैठक बसे पनि त्यसयता भने पटक–पटक सर्दै आइरहेको छ ।

868
कारोबार संवाददाता
मंगलबार, कार्तिक २७, २०७५

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको समूहले विधिवत् महाधिवेशनको माग गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै काफ्लेले संघको १२ औं महाधिवेशन हुने सुनिश्चित वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरे ।

587
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सरकारको कामप्रति जनताले चित्त नबुझाएको बताएका छन् । उनले सन्तुष्टि प्राप्त हुनेगरी काम गर्न सरकारले गति तीव्र बनाउनु पर्ने सुझावसमेत दिए ।

447