कारोबार संवाददाता
शुक्रवार, माघ १८, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा एकपछि अर्को सफलता चुमिरहेको दाबी गरेका छन् । बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको बताएका हुन् । उनले एकपछि अर्को सफलता चुमिरहेको दाबी गर्दै जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको पनि बताए ।

530
कारोबार संवाददाता
शुक्रवार, माघ १८, २०७५

सरकारले आइतबारदेखि संघ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए ।

1001
मनिषा चम्लागाईँ
शुक्रवार, माघ १८, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले देशले चालेको समृद्धिको पाइला एक कदम अघि बढेको बताएका छन् । बिहीबार झापाको मेची पुल उद्घाटन गर्दै उनले पुल निर्माणसँगै भारतमात्र नभई बंगलादेशसँग पनि नेपालले व्यापारिक कारोबार गर्न मद्दत पु-याउने बताए । भारतको बंगाल, बिहार राज्यसँग जोडिने सो पुल पटक पटक शिलान्यास भए पनि बन्न सकेको थिएन । अन्तिम पटक तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए ।

1318
कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो वर्तमान पदलाई हेटौंडाको सहिद स्मारक विकास समितिको अध्यक्षसँग दाँजेर बरु मुख्यमन्त्रीको पद छाड्न तयार भएको बताएका छन् ।

578
कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताहरूबीच देखिएको गतिरोधमा कमी आएको देखिएको छ । गत मंसिर ४ गते बसेको बैठकले संयोजकको जिम्मेवारी राजेन्द्र महतोलाई सुम्पिएसँगै बढेको आन्तरिक विवाद समाधानतर्फ उन्मुख देखिएको हो । पार्टीका नेताहरूले महाधिवेशनको केही महिनामात्र बाँकी रहेका बेला चक्रीय प्रणालीमा लाने निर्णय अनुचित भएको आरोप लगाएका छन् । यसमा ठाकुर निकटका नेताहरू बढी अगाडि छन् ।

507
कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वाइडबडी जहाज खरिदमा भएको अनियमितताबारे गहिरो छानबिन गर्न सरकारसँग माग गरेको छ । जहाज खरिद अनियमिततामा पार्टी सभापति शेरबहादुर देउवाको नाम पनि जोडिएपछि कांग्रेस सो प्रकरणमा चुप लागेको भन्दै आलोचना भएपछि कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेरै यस्तो माग गरेको हो ।

476
अमृता राई
सोमवार, माघ १४, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक र सदनबाट सरकारविरुद्ध कडा आन्दोलन गर्ने भएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको निष्कर्ष निकाल्दै थप आन्दोलन चर्काउने निर्णय गरेको हो ।

615
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल विद्यार्थी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै कालो झण्डा देखाएको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्वदेश फर्कने क्रममा उनलाई शनिबार नेविसंघ केन्द्रीय सदस्य सुशील भट्ट नेतृत्वको टोलीले कालो झण्डा देखाएको हो ।

612
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् । कम्युनिष्ट नेता एकदेव आलेको ५० औं स्मृति दिवसको अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन र स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दमौलीमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दलले भनेजस्तो अधिनायकवादी हुन नसक्ने दाबी गरे । x

609
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरीसम्बन्धी विधेयक र आन्तरिक सुरक्षासम्बन्धी विधेयक संविधान र संघीयताविरोधी भएकोले यसलाई तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने, “यो विधेयक फिर्ता गरिएन भने प्रदेश सरकार यसको लागि सडकमा पनि संघर्ष गर्छ ।

603
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराको भूमिका आग्रहपूर्ण भएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गर्दै सांसद थापाले सभामुखको पछिल्लो भूमिका आग्रहपूर्ण तथा न्यायसंगत नभएको आरोप लगाएका हुन् । “सभामुखमा नियुक्त भएपछि जोकेहीको पनि दलसँगको आबद्धता रहँदैन,” उनले भने, “अरुको निर्देशनमा चल्न खोजियो भने यसले हामीलाई पुरानै दिनमा फर्काइदिन्छ । हिजोमा फर्किन खोजियो भने स्थिति मुठभेडमा जान्छ । यसमा सरकारमा जिम्मेवार हुनुपर्छ ।

603
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

प्रदेश नं ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् । समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं. ३ र ७५३ स्थानीय तहमा काठमाडौं महानगरपालिका परेका छन् ।

603
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठकले गरेको निर्णय लोकतान्त्रिक संस्कृतिविपरीत भएको भन्दै आपत्ति जनाएको छ ।

564
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद् बैठकबाट पारित हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए । उनले भने, “माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ । मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ ।

504
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध उत्रिएको छ । बुधबार दिउँसो नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघ केन्द्रीय समितिको आयोजनामा भएको विरोध कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट नेविसंघका कार्यकर्ताहरु जुलुससहित माइतीघर मण्डला आइपुगेका थिए । उनीहरु ‘निर्मलालाई न्याय दे’, ‘गोविन्द केसीको माग पूरा गर’, ‘ओली सरकार मुर्दावाद’ लगायत नारा लगाउँदै बानेश्वर पुगेका थिए ।

554

सातामा धेरै पढिएको