कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सिमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्री स्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाएका छन् ।

357
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि बुधबार उमेदवारहरुले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका, नगरपालिका तथा वडाहरुमा रिक्त भएका स्थानका लागि उमेदवारी मनोनयन भएको हो । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्मको समय तोकेको थियो ।

302
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेट गरे ।

332
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

झापा २६ कात्तिक (कास) नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा नेपाल विद्यार्थी संघ झापाले विरोध -याली गरेको छ । पूर्वी नाका काँकरभिट्टामा भएको विरोध -यालीमा १२ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । -याली झापाको काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट मेचीपूलसम्म पुगेको थियो ।

381
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच उत्पन्न सीमा विवाद समाधान गर्न सरकारले कुनै कदम नचालेको भन्दै असन्तुष्टि पोखेका छन् । राष्ट्रवादी नारा बोकेर सत्तामा पुगेको केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो भूमि मिचिँदा पनि दुईपक्षीय वार्ताको लागि पहल नगरेको भन्दै आपत्ति जनाए ।

295
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी हमिदलाई स्वागत गरिन् ।

296
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन् । नेकपा भरतपुर महानगर वडा कमिटीले मंगलबार आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सबैको एकमत भएको बताए ।

293
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गरेर सरकारलाई आवश्यक कदम चाल्न भनेको हो ।

269
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको नयाँ नक्सा तयार गर्न सरकारलाई निर्देशन दिएको छ । भारतले अतिक्रमण गरेको भनिएको भू–भाग समेत समेटेर नयाँ नक्सा जारी गर्न समितिको सोमबार बसेको बैठकले सरकारलाई निर्देशन दिएको हो । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राख्नु नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप भएको निष्कर्ष पनि बैठकले निकालेको छ । भारतको सो कार्यविरुद्ध अविचिलित र दृढ रहन समितिले सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकपछि सरकारका नाममा १० बुँदे निर्देशन जारी गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् । ‘

371
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपालको चार दिने भ्रमणका लागि आज (मंगलबार) काठमाडौं आइपुग्दैछन् । राष्ट्रपति हमिद मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समयतालिका छ ।

470
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय निकाय तथा आयोगको नेतृत्व चयन गरेको छ । सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंगो लगाएको हो ।

281
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

भारतले जारी गरेको नयाँ नक्साको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव समूहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो त्रिचन्द्र कलेज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । विप्लव समूहले त्रिचन्द्र कलेजबाट प्रदर्शन सुरू गरेर भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।

293
अनुपमा खनाल
आइतवार, कार्तिक २४, २०७६

गोरखाका संघीय सांसदहरुले जिल्लाको विकास निर्माणका काममा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग केही दिनअघि भएको छलफलमा उनीहरुले जिल्लाको विकास निर्माणका काममा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका हुन् ।

183
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

लमजुङको सुन्दरवजारमा उपनिर्वाचनको सारगर्मी बढेसँगै सुन्दरवजार–२, का कार्यवहाक वडा अध्यक्ष जगतबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । कार्यबहाक वडा अध्यक्ष खड्काले नगर प्रमूख जनकराज मिश्र समक्ष शुक्रबार अपरान्ह राजीनामा पत्र बुझाएका हुन् । गत स्थानीय तह निर्वाचनमा साविक नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित खड्काले राजनितिक असन्तुष्टिका कारण पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

194
कारोबार संवाददाता
आइतवार, कार्तिक २४, २०७६

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ नेपालमा नरहेको जस्तो संघीय सरकारले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । शनिबार जनकपुरमा नेपाल साहित्य उत्सवले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले संघ सरकारको द्वैध चरित्रका कारण प्रदेश नम्बर २ नेपाल भित्र छ कि छैन भन्नेमा शंका लागिरहेको बताएका हुन् ।

152