कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम विस्फोट गरिएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी कार्यक्रम स्थल नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

227
नीरज पिठाकोटे
शुक्रवार, श्रावण ३१, २०७६

प्रदेश नं. २ मा सरकार बनेको १८ महिना भइसक्दा पनि अहिलेसम्म प्रदेशको नामाकरण र राजधानीको विषय टुंगो लाग्न सकेको छैन । २०७४ फागुन १६ र ०७५ साउन ९ गते गरी दुईपटक प्रदेश नं. २ मा मुख्यमन्त्री लगायत मन्त्री र राज्यमन्त्री गरी १३ सदस्यीय मन्त्रिपरिषद्को गठन भएको छ । १०७ जना प्रदेशसभा सदस्यहरू छन् ।

393
कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६

संविधानमा समाजवादउन्मुख लेखेर सरकारले त्यसै अनुसारको अव्यावहारिक नीति लागू गरेको कारण अर्थतन्त्र संकंटग्रस्त भएको राप्रपा (संयुक्त) ले ठहर गरेको छ । विकल्पको रूपमा सो पार्टीले कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नुपर्ने प्रस्ताव गरेको छ । “नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकुल र डरलाग्दो छ ।

320
कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६

आत्मसमर्पण हुनेगरी पार्टी एकीकरणमा नजाने राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूले बताएका छन् । समाजवादी पार्टीसँगको पार्टी एकीकरणका सन्दर्भमा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले समाजवादी पार्टीसँगको वार्ताबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । नयाँ शक्ति पार्टीसँग संघीय समाजवादी फोरमले पार्टी एकीकरण गरी बनाएको समाजवादी पार्टीभित्र आन्तरिक समस्या चर्किन थालेपछि राजपासँगको एकीकरण वार्ता प्रक्रियालाई अगाडि बढाउने रणनीति अध्यक्ष उपेन्द्र यादवले लिएको उनको पार्टीका एक नेताले बताए । सपाका नेताहरूले राजपाका विभिन्न नेताहरूसँग छलफल गर्दै आएका छन् ।

295
कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठन गर्न बनाएको निर्देशिका पारित गरेको छ । पार्टी मुख्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका पारित गरेको हो ।

298
कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६

अझ कसेको छ । प्रतिनिधिसभाको एक समितिको बैठकमा भने आइतबार यसै विषयमा गर्मागर्मी बहस चल्यो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समाजमा विद्यमान रितिरिवाज, धर्म, संस्कृति र जातिय परम्पराका नाममा चलिआएका प्रथालाई कानुनतः दण्डनीय मान्न नमिल्ने तर्कका साथ बहस भएको हो ।

242
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् । अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको औंल्याए ।

222
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलनको ज्वारभाटा सुरु गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष ढकालले मुलुक संघीय व्यवस्थाअनुसार अघि बढिरहेको सन्दर्भमा संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि पनि संघको ऐन राम्रो बनाउनुपर्ने धारणा राखे ।

287
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

प्रदेशसभा गठन भएयता प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले ३३ विधेयक प्रमाणीकरण गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आर्थिक वर्ष २०७५-७६ मा ७ विधेयक बढी प्रमाणीकरण भएकोे छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणीकरण गरेका तुम्बाहाङले आव २०७५-७६ को असार मसान्तसम्ममा २० विधेयकसहित ३३ विधेयक प्रमाणिकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए ।

209
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

पूर्वमन्त्री एवम् नेकपाका सांसद महेश बस्नेतले निर्माण व्यवसायीको गल्तीका कारण सिंगो सरकारले नै गाली खानुपरेको बताएका छन् । उनले जिम्मेवारी बोध गरी काम गर्न निर्माण व्यवसायीलाई सुझावसमेत दिए ।

287
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने अडान उनको छ ।

390
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारसँग बाढीपहिरो प्रभावित जिल्लामा थप बजेट पठाउन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख सचेतक खाँणले सरकारसँग बाढीपहिरो प्रभावित जिल्लामा थप बजेट पठाउन माग गरेका हुन् ।

257
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सत्यतथ्य पत्ता लगाई न्याय निरुपण नगरी शान्ति प्रक्रियाको काम पूरा नहुने भन्दै संवेदनशील विषयलाई हेलचेक्र्याइँ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले जिम्मेवारीपूर्वक आयोग तत्काल गठन गरी काम अघि बढाउन आग्रह गरे ।

289
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीतिनियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउन आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसको धारणा राखेका हुन् ।

271
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसद भवनमा एसी नचल्दा गर्मीमा गुम्सनुपरेको भन्दै गुनासो गरेकी छन् । बिहीबार शून्य समयमा बोल्दै सांसद परियारले ३ दिनसम्म पनि एसी बनाउन नसक्नु संसद् सचिवालयको लापरवाही भएको भन्दै सम्बन्धित निकायलाई निर्देशन दिन पनि सभामुखसँग आग्रह गरिन् ।

302

सातामा धेरै पढिएको