कारोबार संवाददाता
मंगलबार, असार १२, २०७५
799

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने भएका छन् । सोमबार दिउँसो २ बजे संसदमा प्रधानमन्त्रीले जानकारी गराउने बताइए पनि अन्तिम समयमा आएर प्राविधिक कारण भन्दै रोकिएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा जानकारी गराउने बताए । चिनियाँ समकक्षीको निमन्त्रणामा चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी असार १० गते उनी स्वदेश फर्किएका थिए ।