कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५
1349

नाम कम्युनिष्ट पार्टी हुँदा समस्या

तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले अन्य दलहरुसँग पनि एकताको प्रयास थालेको छ । गत जेठ ३ गते घोषणा गरिएको ने क पाले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम (संसफो) र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकताका लागि छलफल चलाएको छ ।
संसफो हालै दुई मन्त्रीसहित ने क पा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । यस्तै नयाँ शक्ति प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका बेला असोज १७ गते गठबन्धन घोषणा गर्दाका हस्ताक्षरकर्ता हुन् । यद्यपी उनले केही दिनमै गठबन्धन छोडेका थिए ।


एउटै कम्युनिष्ट केन्द्र बनाउने घोषणा गरेको ने क पाले कम्युनिष्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो । “अन्य दलसँग पनि एकताको प्रयासमा छौं । त्यसका लागि छलफल भइरहेको छ,” स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, “सबै कम्युनिष्टलाई एकै ठाउँमा ल्याउने हाम्रो प्रयास त हुँदै हो । अझ अन्य दललाई समेत समेटर बृहत पार्टी निर्माण गर्ने दिशामा हामी छौं ।”

त्यसका लागि नेकपाका नेताहरुले ती पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । एउटै कम्युनिष्ट केन्द्र बनाउने घोषणा गरेको ने क पाले कम्युनिष्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो । “अन्य दलसँग पनि एकताको प्रयासमा छौं । त्यसका लागि छलफल भइरहेको छ,” स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, “सबै कम्युनिष्टलाई एकै ठाउँमा ल्याउने हाम्रो प्रयास त हुँदै हो । अझ अन्य दललाई समेत समेटर बृहत पार्टी निर्माण गर्ने दिशामा हामी छौं ।”
उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी बाहेकका अन्य कम्युनिष्ट पार्टीसँग ढिलो चाँडो दावी समेत गरे । यी दुई दलले भने ने क पासँग एकीकरण गर्ने सम्भावना कम रहेको उनले सुनाए । “मुलुकको शासकीय स्वरुपका विषयमा पनि ने क पा, फोरम र नयाँ शक्तिबीच समानता रहेकाले दई पार्टीसँगको एकतालाई प्राथमिकतामा राखेका छौं,” उनले भने, “यसका लागि अध्यक्षद्वय र अन्य नेताहरुले यादवजी र बाबुरामजीसँग कुरा गरिरहनुभएको छ ।”
पार्टी एकताका लागि दुवै दल सकारात्मक रहे पनि पार्टीको नाम कम्युनिष्ट हुन नहुने पक्षमा देखिएका छन् । उनीहरुले पार्टीको नाम कम्युनिष्ट नभएर समाजवादी भए एकता गर्न सकिने बताएको पौडेलले जानकारी दिए । यद्यपी ने क पाका नेताहरु भने कम्युनिष्ट पार्टीको छाप तल्लो तहसम्म रहेकाले त्यसो गर्न नसकिने पक्षमा रहेका छन् । विहिबार केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले प्रमुख प्रतिपक्षीलाई समेत साथमा लिएर चीन र भारतसँग थप सुदृढ सम्बन्ध स्थापित गरी समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए । उनले वर्तमान सरकारलाई काम नगर्ने छुट नभएको भन्दै हरहालतमा जनअपेक्षा अनुसार काम गर्नुको विकल्प नरहेको सुनाए ।

‘फोरम तत्काल एकीकरणको पक्षमा छैन’
संघीय समाजवादी फोरम नेपालले सत्तारूढ ने क पासँग २ बुँदे सम्झौता गरी सकारमा सहभागी भएयता दुई पार्टीबीच एकीकरण हुने गरी भएको हल्लालाई गलत भएको जनाएको छ । यसअघि पार्टीले वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्न सकिने निर्णय गरेको जनाउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवको तर्फबाट जारी भएको विज्ञप्तिमा भनिएको छ– तर, यसबीच फोरम, नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार गरिँदैछ । तथ्यहीन ढंगले आइरहेका गलत समाचारहरुको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेकोतर्फ पनि सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं ।”
पार्टीले हाल सार्वजनिक भएका यस्ता अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाउँदै भनिएको छ –“विगत केही दिनयता विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम, नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनि प्रचारित समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संघीय समाजवादी फोरम नेपालको गत बैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल÷पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ । ”