कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५
858

राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेता मनोनयन गरेका हुन् ।
पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलार्ई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।