रासस
मंगलबार, जेठ १५, २०७५
1218

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय संसदमा पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस मोरङ र जापान इन्टरनेशनल फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा उनले सरकारको नीति तथा कार्यक्रमको विषयमा मौन बसेर कांग्रेसले गल्ती गरेको बताए । नेता कोइरालाले लोकतन्त्र बचाउने दायित्व कांग्रेसको काँधमा आएको उल्लेख गर्दै एउटा निर्वाचनमा पराजय हुँदैमा कांग्रेसप्रति जनताकोे आस्था र विश्वास नघट्ने दाबी गरे ।