कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५
1789

एमाले र माओवादी केन्द्रबीच एकता प्रयास भइरहेका बेला माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकमा माओवादी नेताहरूले ओलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ओली सरकारका मन्त्री रहेका नेताहरुले बजेटबारे कुनै छलफल नगरेको बताएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, खानेपानीमन्त्री विना मगर, उद्योगमन्त्री मातृका यादव लगायतले आगामी बजेट तयारीबारे व्रिफ गर्दै ओलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीले बजेटमा एकलौटी गर्न खोजेको आरोप लगाउँदै आफूहरुसँग कुनै छलफल नगरिएको बताए । अध्यक्ष पुष्पकमल दाहालले भने यसबारे प्रधानमन्त्री ओलीसँग छलफल गर्ने बताएका थिए । उनले विहिबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा विवादित चार विषयमा सहमति भएको भनेर मिडियामा आए पनि कुनै सहमति नभएको बताएका थिए । उनले तल पर्ने हिसाबले एकता नहुने र आफू बराबरी हैसियतमा एकता हुनुपर्ने पक्षमा रहेको बताए । बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ ।


सातामा धेरै पढिएको