रासस
बिहिवार, बैशाख २०, २०७५
718

भक्तपुर- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिको सुरक्षा चुनौती बढ्दै गएकाले सजग हुनुपर्ने बेला आएको बताएका छन् ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा पुगेर मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले बढ्दो सुरक्षा चुनौतीप्रति चिन्ता व्यक्त गरेका हुन् ।
गत वैशाख ८ गते शनिबार श्रेष्ठमाथि सांघातिक आक्रमण गर्ने आक्रमणकारी अहिलेसम्म पक्राउ नपरेकामा समेत उनले चासो व्यक्त गरे । मुख्यमन्त्री पौडेलले भने, “आक्रमण भएको ११ दिन बितिसक्दा पनि किन आक्रमणकारी पक्राउ परेनन् । म बुझ्ने छु र तत्काल आक्रमणकारीलाई पक्राउ गर्न निर्देशन दिनेछु ।”