कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
532

संघीय संसद्को बजेट अधिवेशन अन्त्य गर्नु गलत भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले संसद् अधिवेशन आह्वान र अन्त्यको निश्चित प्रक्रिया हुने भन्दै सरकारले गरेको हठात् निर्णयप्रति असहमति जनाएको हो ।

कांग्रेसले भनेको छ, ‘कोरोनाको चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी सम्झौता र महत्वपूर्ण विधेयकहरुबारे टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुखद छ। ’
कांग्रेसले सरकारलाई प्रश्न गरेको छ– जनताको जीवन प्रधान की सत्ताको राजनीति ? संसद् अधिवेशन अन्त्य गर्दा आफूसँग परामर्श नगरिएको पनि कांग्रेसले जनाएको छ ।
विज्ञप्तिले लेखिएको छ– ‘सत्तारूढ दलभित्रको विवाद र द्वन्द्वको प्रभाव संसद् अधिवेशनमा पर्नु दुखद छ। ’