कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
515

भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यै पनि तत्पर रहेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । उनले थपे, “भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान ग-यौं, नेपाल त हाम्रो नजिकको छिमेकी हो । हामी ठूलो हृदय बोकेर यसमा समस्याको समाधानको लागि धर्म पालना गर्छौं ।” उनले नेपाल र भारतबीच कुनै ठूलो बोर्डर समस्या नभएको पनि जिकिर गरे । उनले भने, “यदि सानातिना विवाद भए हामीआपसमा बसेर यो समाधान गर्न तत्पर छौं । यसको लागि नरन्तर सम्वाद जरुरी छ ।”